कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् || लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |
यसै सन्दर्भमा सुमधुर स्वर का धनि गायक सितल गुरुङ र गायिका निरा छन्त्यालको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार बिजय चन्द ‘दर्पण ‘ को शब्द संकलनमा बहुप्रतिभाका धनि सर्जक प्रकास पराजुलीको लय सिर्जनामा गायिका निरा छन्त्यालको तिज गित सुर्तै मायाको बजारमा सार्बजनिक भैसकेको छ।
शंकर बिसिको निर्देशन तथा कोरियोग्राफीमा दुर्गा पौडेलको छायांकन रहेको छ भने नबिन घर्ति मगरको उत्कृष्ट सम्पादन रहेको छ। उक्त गीतमा शंकर बिसी र अन्जली अधिकारीको दमदार अभिनय रहेको छ।
उक्त गीतलाई निरा छंत्यालाकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ ।
गितको म्युजिक भिडियो हेर्नको लागि तलको लिकं खिच्नुहोस्
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना