गोरखामा जिल्ला नेपाल शारीरिक संगठन तथा फिटनेश संघ गठन, अध्यक्षमा उमेश गुरुङ

गोरखामा जिल्ला शारीरिक संगठन तथा फिटनेश महासंघ गठन भएको छ । महासंघको आइतबार बसेको भेलाले ९ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा अंकित पाण्डे, सचिवमा पुष्कर गुरुङ र कोषाध्यक्षमा देव राज गुरुङ चयन भएका छन् । सदस्यहरुमा श्याम आले मगर, मोहम्मद याकुव मिया, कमल पोखरेल, पुष्पा घले र कोपिला घले चयन भएका छन् ।
गोरखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण सिंह बस्नेत र महासंघका केन्द्रीय तदर्थ समितिका अध्यक्ष राजेशबाबु श्रेष्ठको उपस्थितिमा गोरखा जिल्लामा रहेका अन्कित फिट्नेश क्लवमा आबद्ध सदस्यहरु र गोरखा जिल्ला अन्तरगत रहेको शारीरिक सुगठन तथा फिटनेश प्रेमी युवाहरु बीचको सयुक्त भेलाले समिति गठन गरिएको जनाएकोछ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.