पालुङटारका सबै वडाहरूमा पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा

गाेरखा, जेठ २२ ।

गाेरखाकाे पालुङटार नगरपालिकाका सबै वडाहरूलाइ अाज पूर्ण खाेपवडा घाेषणा तथा दिगाेपना सुनिश्चितता घाेषणा गरिएकाे छ ।

पालिकाकाे याेजनाअनुसार हरेका वडाका स्वास्थ्य चाैकिहरूले अा अाफ्नै तरिकाले कार्यक्रम गरी पूर्ण खाेप सुनिश्चितता घाेषणा गरेका छन् ।

यसै क्रममा वडा नं. ७ च्याङलीमा पालुङटार नगरपालिकाकी कार्यपालिका सदस्य पम्फा बि.क. काे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।  स्वास्थ्य चाैकी व्यवस्थापन समितिका उपाध्यक्ष प्रमिला थापाकाे अध्यक्षतामा साे कार्यक्रम सम्पन्न भएकाे थियाे । च्याङली स्वास्थ्य चाैकीका सिनियर अ.हे.ब. भरतराज पाण्डेले सञ्चालन गर्नुभएकाे कार्यक्रममा स्वास्थ्य चाैकीका जनस्वास्थ्य निरीक्षक  अप्सरा देवकाेटाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

पूर्ण खाेप सुनिश्चितता घाेषणा गर्नकाे लागि १५ देखि ५९ महिनासम्मका बालबालिकाहरूले सवै मात्रा खाेप लगाएकाे हुनुपर्ने प्रावधानअनुरूप वडा नं. ७ भित्रका ३६८ बालबालिकाहरूले पूरै मात्रा खाेप लगाइसकेकाे र नगरपालिकाकाे अनुगमनबाट समेत घाेषणा गर्न याेग्य भएकाले अाज घाेषणा गरिएकाे पाण्डेले बताउनुभयाे ।

कार्यक्रममा वडा कार्यालयका जनप्रतिनधीहरू, वडाभित्रका सबै टाेलका प्रतिनिधीहरू, स्थानीय बुद्धिजिवीहरू, महिला समूहका प्रतिनधीहरू लगायतकाकाे उपस्थिति रहेकाे थियाे । साे अवसरमा बाजागाजासहित जानकारीमूलक गीतका साथमा नृत्यहरू समेत प्रस्तुत गरिएकाे थियाे । साेही क्रममा उपस्थितहरूले सुनिश्चितता घाेषणा पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.