Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
जानकी र सिद्धार्थको ‘भेनाको जातैले' चर्चामा

जानकी र सिद्धार्थको ‘भेनाको जातैले’ चर्चामा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच चर्चित लोक दोहोरी गायीका जानकी तारामी मगरको नयाँ गीत ‘भेनाको जातैले’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । सुप्रसिद्ध दोहोरी गायिका जानकी तारामी मगर र गायक सिद्धार्थ आले मगरले गाएको गितमा जानकीकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ ।

निकै रोमान्टिक शब्दहरुको भावमा सजिएको उक्त गितमा सालिभेनाको मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ ।

गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । गीतमा दोहोरी गायक श्याम राना, आरुषी मगर, विजय पुन(पथ्थरको मुटु) र सिर्जना मगरको अभिनय रहेको छ । भिडियोको निर्देशन राजकुमार मगरले गरेका छन् भने कोरियोग्राफी विजय बुढा मगरको छ ।

भिडियोको छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका हुन् । भिडियो जानकी तारामी मगरको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.