पालुङटार नगरपालिका वडा नं ७, च्याङलीमा तेस्रो वडा कप २०७९ काे उपाधी लालीगुराँस युवा क्लबले हात पारेकाे छ ।
वडा नं ७ कार्यालयको आर्थिक सहयोगमा न्यु रियल सनस्टार युवा क्लबको आयोजनामा माघ १७ गतेवदेखि २१ गतेसम्म सम्पन्न भएकाे खेलमा लालीगुराँस युवा क्लबले खत्रीटार युवा क्लबलाइ १ – ० गाेलअन्तरले पछि पार्दै उपाधी हात पारेकाे हाे ।
अाज भएकाे फाइनल खेलमा प्रथम हुने लालीगुराँस युवा क्लबले नगद ३५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । त्यस्तैगरी दोस्रो हुने खत्रीटार युवा क्लब ले नगद २१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
उदघाटन कार्यक्रम क्लबका अध्यक्ष सन्तोष कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रमुख अतिथिको रुपमा वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले खेलाडीहरूलाइ पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएकाे थियाे ।
खेलमा वडा नं ७ भित्रका १७ टिमको सहभागिता रहेको थियाे ।
खेलअवधीभरमा उत्कृष्ट खेलाडी घाेषित भएका लालीगुराँस युवा क्लबका सुमन कुमाल, उत्कृष्ट गाेलरक्षक रामशरण कुमाल र अधिक गाेलकर्ता बिपिन कुमाल लाइ नगद रू.१ हजार सहित ट्रफी र मेडल प्रदान गरिएकाे थियाे भने खत्रीटार युवा क्लबका दिपेश सुनारलाइ उत्कृष्ट खेलाडीकाे रूपमा गद रू.१ हजार सहित ट्रफी र मेडलबाट सम्मान गरिएकाे थियाे ।