अकला मा.वि. काे स्वर्ण जयन्ती उदघाटनका लागि उपप्रधानमन्त्री श्रेष्ठ अाउँदै

गाेरखा, फागुन १

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवांकाेटकाे अकला माध्यमिक विद्यालयकाे स्वर्ण जयन्तीकाे उदघाटनका लागि नेपाल सरकारका उपप्रधानमन्त्री एवं भाैतिक याेजना तथा पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ अाउने हुनुभएकाे छ ।

यसअघि साे कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अाउने तयारी भइरहेकाे भएतापनि पछिल्लाे समय व्यस्तताका कारण उहाँ अाउन नसक्ने भएका कारण अाफू अाउन लागेकाे उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयाे ।

स्वर्ण जयन्ती फागुन २ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने र समापनका दिन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अाउने बिद्यालयले जनाएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.