महोत्सवको सातौं दिन नविन, ज्योति र शंकरले नचाए दर्शक।

किरण श्रेष्ठ ।
तनहुँ, २८ पुस । तनहुँको दमौलीमा पौष २२ शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको सातौं दिन बिहिबार चर्चित राष्ट्रिय गायक गायिकाको प्रस्तुति रहेकोे थियो ।नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा सुरु भएको महोत्सवको सातौं दिन चर्चित गायक नविन पौडेल, गायिका ज्योति लोहनी र गायक शंकर पन्तले दर्शक नचाएका थिए ।यस्तै महोत्सवको आठौं दिन शुक्रबार गायक पशुपति शर्मा, गायक किरण भुजेल, गायिका मन्जु विक लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुति रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको सातौं दिन ८ हजार दर्शकले महोत्सव अवलोकन र ५ लाखको कारोबार भएको प्रवक्ता मगरले जानकारी दिए । त्यस्तै महोत्सवको सातौं दिनसम्म कुल ७५ हजार दर्शकले महोत्सव अवलोकन र ५७ लाखको कारोबार भएको प्रवक्ता मगरले बताए ।यस्तै महोत्सवमा बिहिबार अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता समेत भएको थियो । पहिलो दिन ९ समुहको प्रस्तुति रहेको थियो । शुक्रबार पनि उक्त प्रतियोगिता हुने आयोजकले जनाएको छ । जसका लागी २० वटा समुह दर्ता भएका छन् ।गत शुक्रबारदेखि व्यास-३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव आगामी माघ ३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु. एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको अध्यक्ष सुजित हिराचनले बताए । महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष हिराचन बताउछन ।महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् ।
त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहेको घर्तीले बताइन ।‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ । महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।महोत्सवमा शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिएको छ । त्यस्तै मादी र सेतीमा जलविहार, आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.