गजेन्द्र राई बने ‘म्यान अफ द गोरखा’

नेपाली सेनाका गजेन्द्र राई यसबर्षको म्यान अफ द गोरखा घोषित भएका छन् । दौडेर राजा बन्ने परम्पराको सम्झनामा पृथ्वीजयन्तीका दिन गोरखामा आयोजित दौड जितेर राई म्यान अफ द गोरखा बन्न सफल भएका हुन् ।

द्रव्यशाहले राज्यभिषेक गरेको पस्लाङ चौतारादेखि पृथ्वीनारायण शाहले राज्यभिषेक गरेको गोरखा दरबारसम्मको आठ किलोमिटर दौड ३० मिनेट ६ सेकेण्डमा पूरा गरी राई म्यान अफ द गोरखा बन्न सफल भएका हुन् । उनलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले द्रव्यशाहको पगरीसहित उनको समयको पोशाक पहि¥याएर सम्मान गरिएको थियो ।

साथै उनलाई द्रव्यशाहको पोशाकमा गोरखा महोत्सव मूल आयोजक समितिले झाँकी, ¥यालीसहित बजार परिक्रमा गराउने कार्यक्रम रहेको दौडका आयोजक गोरखा उद्योग वाणिज्य संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिए ।

त्यस्तै म्यान अफ द गोरखा दौड ३० मिनेट ५७ सेकेण्डमा पूरा गरी नेपाली सेनाकै मोहनदेव जोशी द्वितीय भएका छन् । नेपाली सेनाकै टंक कार्कीले ३१ मिनेट १३ सेकेण्डमा सो दौड पूरा गरी तेस्रो स्थान हासिल गर्न सफल भएका म्यान अफ द गोरखा दौडका संयोजक चन्दनबाबु खत्रीले जानकारी दिए ।

सशस्त्र प्रहरी क्लवका राजेन्द्र तामाङ ले ३१ मिनेट ३५ सेकेण्डमा र गोरखा नगरपालिकाका नवराज गुरुङले ३३ मिनेटमा दौड पूरा गरी सान्त्वना स्थान हासिल गर्न सफल भएका खत्रीले बताए । दौडमा १६ जना सहभागी थिए ।

म्यान अफ द गोरखा हुने राईलाई गोरखा महोत्सव मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट ३० हजार नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने उनले बताए । त्यस्तै दोस्रो हुनेलाई नगद २० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई १० हजार नगद, मेडल र प्रमाणपत्र र सान्त्वनालाई नगद पाँचहजार मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने उनले बताए ।

source: daraundi

 

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

१७ औं भानु कप फुटबल प्रतियोगिता १९ गते देखि २६ सम्म हुने

शंकरराज नहर्की । तनहुँ १२ साउन २०८१ शनिवार ।  १७ औं भानु कप फुटबल प्रतियोगिता साउन १९ गतेदेखि २६ गते सम्म हुने भएको छ ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.