सार्वजनिक र नीजि क्षेत्रको साझेदारीबाट अर्थतन्त्र अगाडि बढाउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

राजेन्द्र न्याैपाने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सार्वजनिक र नीजि क्षेत्रको साझेदारीबाट अर्थतन्त्र अगाडि बढाउन सकिने बताएका छन् । आज गाेरखामा उनले भने, “ म गोरखा जिल्लाका जनताप्रति आभारी छु । गोरखा जिल्लाबाट नेपाल राष्टको नेतृत्व गर्ने अवसर मलाइ प्राप्त भएको छ । सार्वजनिक सार्वजनिक क्षेत्र र नीजि क्षेत्रको साझेदारीबाट अर्थतन्त्र अगाडि बढाउन सकिन्छ ।” गोरखा जिल्लाबाट नै भौतिक पुर्वाधार मन्त्री समेत क्याविनेटमा रहनुभएको छ । गोरखामा गर्ने विकास निर्माणका कामहरुका सन्दर्भमा मैले सहज महसुस गरेको छु । सबै पालिकाहरुलाई सडक सञ्जालमा जोड्ने, बुढीगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाउने र गोरखा देखि रुइला नाका सम्म सडक खोल्न लागि पर्नेछु उनले भने । गोरखाको जनप्रतिनिधिको हैसियतले गोरखा र देशकै नेतृत्व गर्ने अवसर पाएको छु । दुर्लभ पाइने अवसर गोरखाले पाएको छ । गोरखाली जनताको विकासको आकाँक्षा पुरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु । विकासका चुनौतीहरुको सामना गर्न, नेपाल विकासको मार्गचित्र मेरो दिमागमा छन्, सँसदमा मैले प्रस्तुत गरेको छु । देशको विकास र आर्थिक क्रान्तिको निम्ति नयाँ युगको सुरुवात गर्न सबैले मलाइ विश्वास गर्नुभएको छ । यो जिम्मेवारीलाई पूरा गर्न आफू लागि पर्ने उनले बताए। गोरखा उद्योग वाणिज्य सँघको आयोजनामा भएको कार्यक्रममा भौतिक योजना तथा पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, गोरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद राजेन्द्र बजगाई, नेपाली काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, उद्योग वाणिज्य सँघ नेपालका उपाध्यक्ष दिनेश श्रेष्ठ, लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम उद्योग वाणिज्य सँघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट गोरखा आइपुग्नुभएका प्रधानमन्त्री आजै काठमाण्डौ फर्केका छन् ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.