
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ९ मिर्काेटमा पाैष २३ गते शनिवारका दिन निशुल्क स्वास्थ्य शिविरे हुने भएकाे छ ।
पालुङटार ५ ठाँटीपाेखरीमा रहेकाे गाेरखा कालिका सामुदायिक हस्पिटल र देव हस्पिटल भरतपुरकाे सहयाेगमा स्त्रीराेग तथा दन्त राेग बिशेषज्ञद्वारा परीक्षण गरिने स्वास्थ्य शिविर संयाेजक देवी नहर्कीले बताउनुभयाे ।
शिविरकाे अायाेजना मिरकाेट स्वास्थ्य चाैकी, पिपलटारीमा गरिएकाे छ । शिविरमा महिला रोग विशेषज्ञ पुष्प चौधरी र दन्तराेग बिशेषज्ञ तन्हु ठकुरीले परीक्षण गर्ने बताइएकाे छ ।
पछिल्लाे समयमा मुख्य गरी महिलाहरूमा समस्या देखा पर्ने गरेका कारण महिलाहरूकाे राेगकाे निदान गरी समाधान प्रयास गर्ने उदेश्यका साथ शिविरकाे अायाेजना गरिएकाे शिविर संयाेजक नहर्कीले बताउनुभयाे ।
शिविर २३ गते बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।