Trending

गोरखा इन्टरनेसनलले मनायो रजत जयन्ती

दाङ,१७ पुस ।
गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलले रजत जयन्ती मनाएको छ । घोराही उपमहानगरपालिका–१४ रव्वेस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलले २५ वर्ष प्रवेश गरेको अवसरमा आइतबार एक कार्यक्रमको आयोजना गरेर रजत जयन्ती मनाएको हो ।

गोरखा ग्रुपका सस्थापक अध्यक्ष एवं निर्देशक मानबहादुर बुढाको अध्यक्षता तथा काठमाडौं बिश्वबिद्यालयका सस्थापक उपकुलपति एवं गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका संरक्षक प्रा डा सुरेशराज शर्माको प्रमुख आथित्यतामा भएको कार्यक्रम बोल्ने वक्ताहरुले विद्यालयले २५ वर्षको अवधिमा शिक्षा क्षेत्रमा उत्कृष्ट योगयदान पु¥याएको बताएका थिए । लाहुरेहरुले सञ्चालन गरेको विद्यालयले प्राथमिक तहदेखि उच्च शिक्षासम्म बालबालिकालाई गुणस्तरीयसँगै विश्व बजारमा बिक्ने शिक्षा दिएको भन्दै सहभागी वक्ताहरुले आगामी दिनहरुमा थप सुधार गर्दै प्रविधिमैत्रीसँगै विद्यार्थीलाई नैतिक,सामाजिक र चरित्र निर्माणका लागि समेत ध्यानदिनुपर्ने बताएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. शर्माले विद्यालयले गुणस्तरीय शिक्षासँगै बालबालिकालाई समय सुहाँदो प्रविधिमैत्री शिक्षामा जोडदिनुपर्ने बताए । २५ वर्षको अवधिमा विद्यालयले धेरै विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा दिएर यहाँसम्म आइपुगेको भन्दै उनले बदलिदो समयको माग अनुसार विद्यार्थीहरुलाई व्यवसायिक एवं गुणस्तरीय शिक्षा दिनुपर्ने बताए ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन)का केन्द्रीय सचिव यादव गिरीले ठुलो योगदान,उपलब्धि दिँदा पनि राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण सही हुन नसकेको बताए । निजी क्षेत्रले शैक्षिक विकास, दक्ष जनशक्ति उत्पादनसँगै रोजगारीका अवसर सिर्जनाका लागि महत्वपूर्ण भूमिका खेलेपनि राज्यले निजी क्षेत्रको योगदानलाई मुल्याङकन नगरेको बताएका हुन ।

No description available.
प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष नारायणप्रसाद शर्माले बालबालिकालाई शैक्षिक ज्ञानसगै नैतिक,सामाजिक,चारित्रिक र स्वाभिमान युक्त शिक्षा आवश्यक रहेको बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि गोर्खा स्कुलले वार्षिक उत्सवका अवसरमा प्रदर्शन गरेको व्यवहारले उत्कृष्टता प्रदर्शन गरिरहेको भन्दै उनले शिक्षाको विकासका लागि जिल्लामा ठुलो काम गरेको बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले विद्यालयले पाठ्यक्रमसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापका माध्यममा सहभागी बनाएर विश्व बजारमा विक्न सक्ने योग्य र दक्ष विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका थिए ।

गोरखा ग्रपका सिइओ नौलसिंह जिएमले गुणस्तरीय एवं समय सुहाउँदो शिक्षा दिइरहेको भन्दै थप गुणस्तर सुधार गर्दै बिश्व बजारमा बिक्ने शिक्षाका लागि प्रयास गर्ने बताए । नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व सदस्य तथा संगीतकार प्रदीप बम्जन, गोरखा ग्रुपका सदस्य तथा युके संयोजक जंगबहादुर पुनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लागुऔषध दुर्व्यसनी र यसवाट बचाउने उपायका बारेमा शिक्षक बसन्त पुनमगरले जानकारी गराएका थिए । विद्यालयका प्रिन्सिपल मानसिङ घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक थम्मन बस्नेत र शोभाकर पन्थीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा विभिन्न जातजातिसँग सम्वन्धित नृत्य, विज्ञान तथा सिर्जनात्मक कला प्रदर्शन गरिएका थिए ।

कनिका खबर बाट

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker