च्याङली सामुदायिक सिकाइ केन्द्रको नवाैं बार्षिक साधारण सभा सम्पन्न

पाैष १६, गाेरखा ।

च्याङली सामुदायिक सिकाइ केन्द्र पालुङटार ७ गोरखाको नवााैं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सिकाइ केन्द्रका अध्यक्ष रबिन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा नगरप्रमुख बिवश चिन्तनले प्रमुख अतिथिको रूपमा बोल्दै व्यवसायमुखी योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सोही क्रममा उहाँले नगरपालिकाभित्र भए गरेका कामको बारेमा समेत जानकारी गराउनुभएको थियो ।

त्यस्तै सभामा बिशेष अतिथिको रूपमा बोल्दै पालुङटार नगरपालिका शिक्षा शाखाका प्रमुख माधवराज पोखरेलले जनमुखी कार्यक्रमहरू ल्याउन अनुरोध गर्नुभएको थियो । त्यस्तै गरी पालुङटार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अर्जुन कुमालले शैक्षिक सुधारमा जोड दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

सिकाइ केन्द्रका सदस्य गणेशलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको सो सभामा टोलबिकास संस्थाका तर्फबाट चन्द्र बहादुर कुमाल, महिला समूहका तर्फबाट सावित्रा बि.क. लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सिकाइ केन्द्रको साधारणसभामा अध्यक्ष रविन्द्र कंडेलले संस्थागत गतिबिधी तथा अगामी कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव राममाया थापाले अर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

च्याङलीमा बि.सं.२०६९ सालदेखि स्थापना भएर निरन्तर रूपमा शिक्षा, सीपमूलक एवं रोजगारमूलक कार्यक्रमहरू, स्वरोजगारका लागि घुम्तीकोष लगानी लगायतका कामहरू गर्दै अइरहेको छ ।

यस वडाभित्र १८ वटा टोलबिकास संस्था, ४१ वटा महिला समूह लगायतका संस्थाहरू रहेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.