Trending

संसदिय दलकाे नेतामा गगन कुमार थापा असफल

नेपाली कांग्रेसकाे संसदिय दलकाे नेतामा गगन कुमार थापा असफल हुनुभएकाे छ ।

अाजै सम्पन्न भएकाे संसदीय दलकाे नेताका लागि भएकाे निर्वाचनमा उहाँले जम्मा २५ मत ल्याएर असफल हुनुभएकाे हाे ।

प्रत्यक्ष तथा समानुपातिक तर्फबाट गरी कुल ८९ जना साँसदबीच भएकाे निर्वाचनमा शेर बहादुर देउवाले ६४ मत ल्याएर बिजयी हुनुभएकाे छ । नेता शेखर कोइराला, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत युवा नेताले समर्थन गरे पनि थापाको अपेक्षाअनुसारको मत आएन ।

संसदीय दलको नेताको चुनाव अगाडि संस्थापन पक्षको पक्षमा ५८ र शेखर समूहमा ३१ सांसद रहेका थिए । नेता शेखर कोइराला र थापाबीच को उम्मेदवार बन्ने छलफल चल्दै गर्दा प्रदीप पौडेललगायतका नेताहरू शेखर पक्षमा आएपछि थापाले कम्तीमा ४० प्रतिशत मत पाउने अनुमान गरिएको थियो । तर परिणाम त्यस्तो भएन । देउवा गगनले भन्दा ३९ मत बढी ल्याएर संसदीय दलको नेता चुनिनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker