Trending

दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको छ ।

‘मंसिर १५ गते भित्र चुनाव दोलखाका १० वटा मतदान केन्द्रका चुनाव गराउन आयोगले निर्देशन दिएको छ’, निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयाे ।

दाेलखाका विभिन्न मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेको भन्दै नेकपा एमाले दाेलखाले मत गणना हुन दिएकाे थिएन् । त्यसपछि निवार्चन आयाेगकाे टाेली पठाएर स्थलगत अध्ययन गर्न लगाएकाे थियाे ।

निर्वाचन आयोगले खटाएको टोलीले स्थलगत अध्ययनपछि गरेको सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा पुनः मतदान गर्न आयोगले निर्देशन दिएको शर्माले बताए ।

अध्ययन टोलीको सिफारिसको आधारमा आयोगका आयुक्त रामप्रसाद भण्डारीले आयोगको बैठकमा दोलखाका १० मतदान केन्द्रमा पुनः चुनाव हुनुपर्ने प्रस्ताव पेश गरेका थिए ।

अब वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर माध्यामिक विद्यालय मतदान केन्द्र क, ख र गमा फेरि चुनाव हुने भएको छ ।

त्यसैगरी, वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकाेशी गाउँपालिका–३ को जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा फेरि चुनाव हुने भएको छ ।

बैतेश्वर गाउँपालिकाकै कालिढुंगा माध्यामिक विद्यालयको क, ख र ग मतदान केन्द्रमा फेरि मतदान हुने निर्णय निर्वाचन आयोगले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker