गृहमन्त्री बालकृष्ण खाणलाइ पराजित गर्दै राप्रपाका दीपक बोहरा निर्वाचित

रुपन्देही ।

मङ्सिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँडलाइ हराउँदै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित हुनुभएकाे छ ।

बोहोराले ३६ हजार सात सय १७ मत ल्याउँदा गृहमन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गरी बिजयी हुनुभएकाे हाे ।  बाेहाेरा र खाँडबीचकाे मत अन्तर दुइहजार छ सय ८१ रहेकाे छ ।

राप्रपाका नेता बोहरा घाँटीमा समस्या भएका कारण कुनै पनि औपचारिक कार्यक्रममा सम्बोधन गर्नु पाउनुभएन । हाल चिकित्सकको सल्लाहअनुसार नै उहाँले ‘स्पीच थेरापी’ गरिरहनुभएको छ । सभा समारोहमा उपस्थित भए पनि उम्मेदवार बोहराले कहीँ पनि मन्तब्य राख्नुभएन । उहाँका तर्फबाट पूर्वगृहमन्त्री निरञ्जन थापा, लुम्बिनी प्रदेश संयोजक प्रदीप उदय लगायतले सभा भेलामा मन्तव्य राख्ने गर्नुभएको थियो ।

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खाण र राप्रपाका नेता दीपक बोहरा अघिल्लो आम निर्वाचनमा सहयात्री हुनुहन्थ्यो । विसं २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो भने राप्रपाका बोहरा कांग्रेसको समर्थनमा निर्वाचन लड्नुभएको थियो । त्यसबेला बोहरालाई जिताउन हलो चिन्हमा मत माग्दै हिँड्नुभएका गृहमन्त्री खाण अहिले प्रतिस्पर्धी हुनुभयो ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३)  मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी हुनुभएका नेता बोहोरा २०७४ मा रुपन्देही–३ मा एमालेका घनश्याम भुसालसँग पराजित हुनुभएको थियो ।

राजनीतिमा चार दशकदेखि क्रियाशील नेता बोहराको संसदीय यात्रा २०३६ सालदेखि सुरु भएको थियो ।

त्यसअघि २०३८ र २०४० मा पर्यटन राज्यमन्त्री बन्नुभएका राप्रपा नेता बोहरा २०५७ मा बैंक अफ काठमाडौँको अध्यक्ष बन्न्नुभएको थियो । बोहरा २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बन्नुभएको थियो ।

विस २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका बोहोरा २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ मा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री बन्ने अवसर पाउनुभयो ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका–३ खजहाना निवासी बोहरा २००७ साल चैत १८ गते पाल्पामा बुवा प्रतिमानचन्द्र र आमा निमा बोहराको कोखबाट जन्मिनुभएको हो । बोहरा राजनीतिशास्त्रमा स्नातक हुनुहन्छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.