गोरखा सहित गण्डकीमा साढे १६ लाख भन्दाबढी मतदाता (कुन जिल्लामा कति हेर्नुहोस् )

गोरखा सहित गण्डकीमा साढे १६ लाख भन्दाबढी मतदाता (कुन जिल्लामा कति हेर्नुहोस् )

पोखरा, ३ मङ्सिर (रासस) : भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कूल १६ लाख ६२ हजार दुई सय ४६ जना मतदाता सहभागी बन्दैछन् । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुरसहित ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यसपटकको निर्वाचनमा आठ लाख ६९ हजार पाँच सय ३८ जना महिला, सात लाख ९२ हजार ६ सय ९७ जना पुरुष र ११ जना अन्य मतदाता छन् ।

छिमेकी दुई ठूला राष्ट्रहरू चीन र भारतसम्म सिमाना जोडिएको गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १८ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभातर्फ ३६ वटा निर्वाचन क्षेत्र छन् । प्रदेशको राजधानी रहेको कास्की जिल्लामा तीनवटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लामा दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता निर्वाचनमा सहभागी हुन पाउनेछन् । जसमध्ये एक लाख ४० हजार तीन सय ६९ महिला, एक लाख २४ हजार ८३ पुरुष र चार जना अन्य छन् । निर्वाचनमा जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ८९ जनाको प्रतिस्पर्धा छ ।

तनहुँमा कूल दुई लाख ४४ हजार तीन सय ४० मतदातामध्ये महिला एक लाख २७ हजार दुई सय ६ जना छन् भने पुरुष एक लाख १७ हजार एक सय ३४ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभामा कूल ५७ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।गोरखामा दुई लाख २० हजार ६ सय ३७ जना मतदातामध्ये महिला एक लाख १० हजार चार सय २१ र पुरुष एक लाख १० हजार एक सय ८९ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी ४९ जना चुनावी मैदानमा छन् ।

स्याङजामा कूल दुई लाख ४४ हजार ८९ जना मतदाता छन् । जसमध्ये महिला एक लाख २४ हजार सात सय ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एकजना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ५१ जना चुनावी प्रतिस्पर्धामा छन् ।  पूर्वी नवलपरासीमा दुई लाख ३३ हजार ९५ जना मतदाता रहेकामा एक लाख २३ हजार पाँच सय ४० महिला र एक लाख नौ हजार पाँच सय ५१ पुरुष छन् । यहाँ प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल ६८ जनाको उम्मेदवारी छ ।

बागलुङमा कूल एक लाख ९२ हजार दुई सय २७ जना मतदाता रहेकामा ९८ हजार ६ सय ४३ महिला र ९३ हजार पाँच सय ८४ पुरुष छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जिल्लामा ३१ जना चुनावी मैदानमा छन् । मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, लमजुङमा प्रतिनिधिसभाका लागि एक÷एक निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । थोरै मतदाता रहेको मनाङमा कूल पाँच हजार नौ सय ७६ मध्ये महिला तीन हजार ९४ र पुरुष दुई हजार आठ सय ८२ जना छन् । जिल्लामा प्रतिनिधिसभा प्रदेशसभा गरी छ जनाको उम्मेदवारी छ । प्रदेशसभा २ मा प्रदेशसभा सदस्यका लागि राजीव गुरुङ ९दीपक मनाङे० निर्विरोध भइसकेका छन् ।

पर्वतमा कूल मतदाता महिला ६१ हजार नौ सय ९८ र पुरुष ६० हजार ६ सय ५१ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३१ जना उम्मेदवार रहेका छन् । लमजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी कूल २२ जनाको उम्मेदवारी छ । जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदातामध्ये महिला मतदाता ६८ हजार दुई सय ८८ जना छन् भने पुरुष मतादाता ६५ हजार दुई सय ७१ जना छन् ।

म्याग्दीमा कूल ८६ हजार एक सय २० जना मतदाता रहेकामा ४४ हजार ६४ महिला, ४२ हजार ५५ पुरुष र एकजना अन्य छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि जिल्लामा कूल १९ जनाको प्रतिस्पर्धा छ । कूल १० हजार नौ सय ५७ जना मतदाता रहेको मुस्ताङमा महिला पाँच हजार पाँच सय ८१, पुरुष पाँच हजार तीन सय ७५ र अन्य एकजना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल नौजनाको प्रतिस्पर्धा छ ।

यस निर्वाचनका लागि प्रदेशमा २८ हजार कर्मचारीहरू परिचालन भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्रीसहित मतदान अधिकृतहरू पुगी निर्वाचन प्रक्रियाका कामहरू गरिरहेको उहाँले बताउनुभयो । नागरिक सवालबाट साभार

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.