राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान काठमाडौं फिर्ता ः डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मानित

२६ कात्तिक, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज बिहान काठमाडौं फर्कनुभएकाे छ ।

विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिएर राष्ट्रपति भण्डारी अाज नेपाल फर्कनुभएकाे हाे ।

सम्मेलनमा उहाँलाइ WPL TrailBlaizer Award बाट सम्मानित गरिएकाे थियाे ।

राष्टपति भण्डारीलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले अाइसल्याण्डमा अायाेजित मञ्चमा मुख्य मन्तव्य दिनुहुँदै मानवअधिकार, समानता, भेदभावरहित, समावेशी र सामाजिक रुपान्तरणका सिद्धान्त बोकेको समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने नेपालको यात्राबारे प्रकाश पारेकाे  विज्ञप्तिमा जनाइएकाे  छ ।

मुख्य मन्तव्यका क्रममा भण्डारीले जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको चुनौतिलाई जोड दिँदै यी चुनौतीसँग जुध्न स्रोतसाधन, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमा सहयोगका लागि पारदर्शी संयन्त्र र फास्ट ट्र्याक व्यवस्था गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएकाे थियाे।
त्यसपछि मञ्चको छेउमा राष्ट्रपति भण्डारीसँग अाइसल्याण्डका प्रधानमन्त्री ज्याकब्सद्दिरले भेट गरेका थिए ।

भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र भू-तापीय ऊर्जा प्रविधि, जलवायु परिवर्तन, पर्यटन, महिला तथा लैङ्गिक सशक्तिकरणका क्षेत्रमा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।

त्यसैगरी युएन वुमनकी कार्यकारी निर्देशक सिमा बहौसले पनि भण्डारीसँग भेट गरी महिला राजनीतिक सशक्तिकरण र एसडीजीका सूचकहरूमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्नुभएको थियो ।

त्यसैगरी महिला राजनीतिक नेतृका अध्यक्ष तथा संस्थापक मेहरिन र काउन्सिल अफ वुमन वर्ल्ड लिडर्सका महासचिव लौरा लिस्उडले पनि भण्डारीसँग भेट गरी लैङ्गिक, विकास र जलवायु परिवर्तनका विविध अनुभव र विषयमा छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.