स्थानीय सँगै नेपाली सेनाद्धारा आँदिमुल मन्दिर परिशरमा सरसफाई

डिपि अधिकारी /कार्तिक १९
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.१ मा रहेको प्रशिद्ध धार्मिक स्थल आँदिमुल मन्दिर परिशरमा सरसफाई गरिएको छ । हरिबोधनी एकादशीको दिन मेला भर्न आएका भक्तजन र दर्शकहरुले प्रयोग गरेका फूल, टपरी प्रयोग सकिएको पूजा सामग्री, प्लाष्टिकजन्य, सिसाजन्य लगाएत फोहोरलाई सरसफाई गरी चिटिक्क पारिएको छ ।
आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, वडा नं.१ का वडाध्यक्ष प्रेमबहादुर गुरुङ, नेपाली सेनाको रुरु भैरव दल गण भानु भन्सारका गणपति प्रमुख सेनानी हिमाचल जंग शाहको नेतृत्वको ६८ जनाकाे टोली, वडा सदस्य कुमार मगर, आँदिमुल मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष रमेश थापा मगर, सचिव कुमार पोख्रेल लगाएत समितिका पदाधिकारी, आँदिमूल आमा समुह, पुष्पाञ्जली आमा समूह, मित्रता युवा क्लव लगाएत स्थानीयको सहभागितामा सरसफाई गरिएको हो ।
मन्दिरमा शुक्रबार हरिबोधनी एकादशी पर्वको दिन नौ वटा फूलको डोली मन्दिर परिसरमा तारिएको थियो । मनले चिताएको पूरा गर्ने देवीको रुपमा मानिदै आइएको आँधीबाराही देवीको मन्दिरमा जिल्लाका विभिन्न स्थानबाट बाजागाजा सहित ल्याइएको फूलको डोली तारिएको हो ।
विगतका बर्षहरुमा कोरोनाका कारण भक्तजनहरुको कम उपस्थिति रहेकोमा यस मन्दिरमा यसबर्ष करिब दश हजार भक्तजनहरुको भीड लागेको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
आबुखैरेनी गाउँपालिका–१ को याञ्चोक र भुजेलगाउँको बीच अवस्थित ऐतिहासिक एवं धार्मिकस्थल आँधिमूल अर्थात आँधिबाराही मन्दिरमा बर्षेनी मेला लाग्ने गर्दछ ।
मन्दिरमा पूजाअर्चनाको लागि बिहानै देखि भक्तजनहरुको भीड लागेको मन्दिरका पुजारी युवराज मास्की मगरले जानकारी दिए ।

गण्डकी प्रदेशको एक सय पर्यटकीय गन्तव्यमध्ये आँधिमूल आँबुखैरेनी गाउँपालिकाको गहनाको रुपमा रहेकोले सुक्रबार पालिकाले सार्वजानिक विदा समेत दिएको थियो । पौराणीक, ऐतिहासिक, धार्मिक र पिकनिक स्पोटको रुपमा समेत प्रशिद्ध यस स्थानलाई गाउँपालिकाले गुरुयोजनाका साथ विकास गर्ने क्रम चलिरहेको पालिकाका प्रमुख सुक्र चुमानले बताउनु भयो । पृथ्वीराजमार्गको सत्रसयबाट दक्षिण तर्फ करिब २५ मिनेटमा सवारी साधन र ४५ मिनेटको पैदल दुरी पर्दछ भने त्यति नै समयमा याम्पाफाँटबाट पनि मन्दिर पुग्न सकिन्छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.