पालिकाद्वारा बजार व्यवस्थित गर्न सडकको दाया–बाया पैदल मार्ग निर्माण गरिने ।।

आँबुखैरेनी, १४ कार्तिक ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले बजार व्यवस्थित गर्न सडकको (दायाँ–बायाँ) नाला बाहेक ३ मिटर भित्र पैदल मार्ग निर्माण गर्ने भएको छ । यस अघि पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोक देखि पालिकाको कार्यालय सम्म र आँबुखैरेनी चोक देखि तल्लो बजार सम्म सडकको नाला बाहेक ३ मिटर भित्र पर्ने संरचना हटाउन, निर्माण कार्य बन्द गर्न, ठेला गाडा हटाउन लगायत अन्य संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । ३५ दिने सूचना सकिए लगतैं सो क्षेत्रमा पर्ने सडकमा पैदल मार्ग निर्माण गरी बजार व्यवस्थित गर्न आज सोमबार रेखाङ्कन गरिएको छ । बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनिकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसि क्यामेरा जडान गरी सुरक्षित गराउन, सडकको दायाँ बायाँ फुल सहितको गमला राखी सुन्दर र आकर्षित बनाउन पैंदल मार्ग निर्माणको तयारी सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभएको छ । पालिका अध्यक्ष चुमानले सडकको ३ मिटर क्षेत्रमा पर्ने विभिन्न स्थायी तथा अस्थायी संरचनालाई यथा शिघ्र हटाई पैदल मार्ग निर्माण कार्यमा सहयोग गर्न स्थानीय व्यापारीहरुलाई आग्रह गर्नुभएको छ ।
Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.