गोरखामा ६७ औं प्रहरी दिवस

गोरखा

गोरखामा भव्यताका साथ ६७ औं प्रहरी दिवस मनाइएको छ । सोमबार प्रमुख जिल्ल अधिकारी शंकर हरि आचार्यको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय गोरखाको प्राङ्गणमा विशेष समारोह आयोजना गरी दिवस मनाइएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा कार्यरत प्रहरीलाई साधन श्रोत युक्त बनाउने तर्फ पहल भई रहेको जानकारी दिनुभयो । उहाँले यस वर्ष ३ प्रहरी चौकी समेत स्थापना गर्नुका साथै स्थानीय निकायहरुको समन्वयमा प्रहरी चौकीको भौतिक संरचना सुधार गरिएको बताउनुभयो ।

आचार्यले गोरखा प्रहरीले शान्ति, सुरक्षा, अमन, चयन गर्ने गराउने कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा समेत गर्नुभयो । अपराध अनुसन्धानलाई व्यवसायिक बनाउनका लागी प्रहरीलाई भौतिक, वैज्ञानिक तवरले साधन श्रोत युक्त बनाउन आफू लागी परेको उहाँको भनाई छ ।

May be an image of 8 people, people standing and outdoors

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले वीर तथा अमर प्रहरीको बलिदानको सम्झना गर्दै आफु र आफ्नो परिवारको समस्यालाई कुनै वास्ता नगरी आम नागरिकको सुरक्षा, कानूनको परिपालन गराउने कार्यलाई प्राथमिकतामा राखि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।May be an image of 6 people and people standing

उक्त कार्यक्रममा अमर प्रहरी परिवारलाई दोसल्ला अर्पण तथा सम्मान गरिएको थियो । साथै प्रहरीलाई सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण र खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र र उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

May be an image of 9 people, people standing and outdoors

कार्यक्रममा जिल्ला समन्वय अधिकारी नानिबाबु पोख्रेल, पत्रकार महासंघका गोरखाका अध्यक्ष नरहरी सापकोटा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, पूर्व सुरक्षाकर्मी परिषद् नेपाल गोरखाका अध्यक्ष पूर्व प्र.नि. हरि कुमार थापा, सामुदायिक सेवा केन्द्र गोरखाका उपाध्यक्ष रामहरी के.सी. र गोरखा नगरपालिका ६ नं. वडाध्यक्ष राजेन्द्र कुमार जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ ।

 

May be an image of 4 people and people standingMay be an image of 6 people, people standing and outdoors

May be an image of 4 people, people standing and outdoors

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.