सोमबारदेखि मनास्लु हिमालमा हराईरहेकी अमेरिकी नागरिक मृक्त फेला

 मनास्लु हिमालमा सोमबारदेखि हराईरहेकी अमेरिकी नागरिक मृक्त फेला परेकी छन् । विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी हुन् ।

 

हिलारी सोमबार मनास्लुको चुचुरोबाट स्की गरेर तल झर्ने क्रममा मनाङ जिल्लाकाे भीमथाङ क्षेत्रमा  एक्कासी बेपत्ता भएकी थिइन ।  बुधबार बिहान शेर्पाहरुले  मृत शरिर भेटाएका थिए ।

नेल्सनको शव निकालेर चुमनुव्री गाउँपालिका वडा नम्बर १ स्थित  सामागाउँ ल्याएर मुचुल्का उठाइ सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी  उपरीक्षक केदार खनालले जानकारी दिए ।  ‘उहाँको शव हिउँबाट निकालेर सामागाँउ ल्याई पुर्याएको र प्रक्रिया पुर्याएर  सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौंको टिचिङ अस्पताल पठाएका छौं ।’

मृतकको शवको काठमाण्डौ टिचिङ अस्पतालमा पोस्ट्मार्टम गरिने सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले बताउनुभयाे । उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्केका थिए ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गर्नु सफल हुनुभएकाे थियाे ।  ८ हजार मिटरमाथिको २ वटा हिमालको चुचुरोबाट स्की गरेका हिलारी मनास्लु हिमालमा स्की गर्ने क्रममा ज्यान गुमाउन परेकाे छ ।

अमेरिकाको सियाटलमा जन्मनु भएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन

Back to top button
Close