जीवन ज्याेतिमा शुभकामना अादान प्रदान तथा स्वागत कार्यक्रम सम्पन्न फाेटाेसहित

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. नं ७ मा रहेकाे जिवन ज्याेति मा.वि.मा शुभकामना अादान प्रदान तथा कक्षा ११ का नवअागन्तुक विद्यार्थीहरूलाइ स्वागत कार्यक्रम सम्पन्न भएकाे छ ।

कक्षा १२ काे बिद्यार्थीहरूले अायाेजना गरेकाे साे कार्यक्रमकाे अध्यक्षता कक्षा १२ का मिलन परियारले गरेका थिए । कक्षा १२ की छात्रा सिर्जना कुमालले स्वागत मन्तव्य राखेकाे साे कार्यक्रममा पालुङटार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर कुमालले प्रमुख अतिथिकाे रूपमा मन्तव्य राख्नुभएकाे थियाे ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डे, कक्षा १२ का मनिष कुमाल, बिद्या कुमाल, विपष्ना लामा लगायतकाले मन्तव्य राखेका थिए ।

अधिकाँश बक्ताहरूले बडादशैंकाे शुभकामना संगै अध्ययन कार्यलाइ पनि निरन्तरता दिनुपर्नेमा जाेड दिएका थिए ।

साे अवसरमा विद्यालयमा अध्ययनरत छात्र छात्राहरूले अाफ्नाे प्रतिभा समेत प्रस्तुत गरेका थिए ।

फाेटाेहरूः भिडियाेकाे लागि Gorkha Sansar काे पेज लाइक गर्नुहाेला 

 

 

Back to top button
Close