कुमाल राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे दाेश्राे राष्ट्रिय भेलाकाे उदघाटन सत्र सम्पन्न भएकाे छ ।
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङली बिरूवाटारमा भएकाे भेलामा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेकपा माअाेवादी केन्द्रका सचिव हितराज पाण्डेले शैक्षिक चेतनामा कुमाल समुदाय अघि बढनुपर्ने बताउनुभयाे । साेही क्रममा उहाँले नागरिकता बिधेयकका बिषयमा राष्ट्रपतिले गर्नुभएको कदम गलत भएकाे समेत बताउनुभयाे ।
कञ्चन कुमालकाे अध्यक्षतामा सम्पन्न भएकाे भेलामा ने क पा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य खाेप बहादुर कंडेल, पालुङटार नगरपालिकाका नगर प्रमुख बिबस चिन्तन, उप प्रमुख बन्दना पाण्डे, वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमाल , यवा व्यवसायी बिशाल कुमाल, बिप्लव माअाेवादीका कुमाल नेता याेगेन्द्र कुमाल, अादिबासी जनजाती गण्डकी प्रदेश संयाेजक अमर तमु, केन्द्रीय संयाेजक शुरेश अाले मगर लगायतकाले मन्तब्य राखेका थिए । भेलामा कुमाल शहिदहरूकाे परिवारलाई सम्मान समेत गरिएकाे थियाे । बन्द सत्रमा बिभिन्न जिल्लाका प्रतिनिधीहरूकाे उपस्थिति रहेकाे छ । भेलाले माेर्चाकाे केन्द्रीय समिति गठन गर्नेछ ।
![](https://gorkhasansar.com/wp-content/uploads/2024/07/Messenger_creation_54faba2f-7554-4c96-bdfa-6e918a256f4f-225x300.jpeg)
![गोर्खा संसार](https://gorkhasansar.com/wp-content/uploads/2024/03/images-150x150.jpg)
ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना
गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको