Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
गोरखामा डेंगु रोगको संक्रमणका कारण एक बालिकाको मृत्यु

गोरखामा डेंगु रोगको संक्रमणका कारण एक बालिकाको मृत्यु

गोरखा, ३० भदौ ।

गोरखामा डेंगु रोगको संक्रमणका कारण एक बालिकाको मृत्यु भएको छ ।

गोरखा नगरपालिका वडा नम्वर १२ बस्ने ७ वर्षकी बालिकाको गत सोमवार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उच्च ज्वरो सहितका समस्या देखिएपछि बालिकालाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो ।

अस्पतालले उनलाई काठमाण्डौं रिफर गरेकोमा त्यहाँस्थित नेपाल भारत मैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ । पछिल्लो समय गोरखामा पनि डेंगु संक्रमण बढ्दै गएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

पछिल्लो ८ महिनामा गोरखा अस्पतालमा भएको परिक्षणमा जिल्लामा ४१ जनामा डेंगु र स्क्रब टाइफसको संक्रमण भएको देखिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.