Trending

जीवन ज्याेति मा.वि. काे अभिभावक भेला सम्पन्न

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवन ज्याेति मा.वि काे अभिभावक भेला सम्पन्न भएकाे छ ।
पालुङटार नगरपालिका वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालकाे अध्यक्षतामा सम्पन्न भएकाे भेलामा विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डेले कार्यक्रमकाे अाैचित्यका बारेमा मन्तब्य राख्नुभएको थियाे ।
भेलामा पूर्व बि.ब्य.स. अध्यक्ष बसन्तकुमार श्रेष्ठ, स्थानीय कृष्णजी श्रेष्ठ लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
शिक्षा शाखाका प्रतिनिधि त्रिवेणी मा.वि. का प्रधानाध्यापक गणेशराज सेडाईंले बि.ब्य.स. गठन प्रक्रियाका बारेमा बताउनुभएकाे थियाे ।
भेलाले बिद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाकाे लागि अभिभावकहरूमध्येबाट वडाध्यक्ष अर्जुन बहादुर कुमाल सहित ४ जना छनाेट गरिएकाे छ । अन्य अभिभावकहरूमा काेपिला कुमाल, राजु श्रेष्ठ, उषा पाण्डे रहेका छन् ।
साथै साेही भेलाबाट काेपिला गुरूङ काे अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेकाे छ । जसकाे सदस्यहरूमा फुलमाया श्रेष्ठ, सिता परियार, राजु अच्छामी, काेपिला परियार, पम्फा बि.क., रत्नमाया श्रेष्ठ, भगवान कुमाल रहेका छन् ।
बिद्यालय ब्यवस्थापन समितिका लागि छनाेट भएकाहरूकाे बैठक बसी २ जना मनाेनित गरेपछि अध्यक्ष छनाेट गरेपछि समितिले पूर्णता पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker