संगीत तथा चलचित्र निर्माताहरुलाई रोयल्टी बितरण गरियो

संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं स्थापना दिवस एबम बार्षिक साधारण सभा र नेपाल संगीत उधोग संघको २२ औं स्थापना दिवस एक साथ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा दुईवटै संस्थाका अध्यक्ष समेत रहेका सुर्य मगरको अध्यक्षता रहेको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

यस कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख एबम सह सचिब डा. सुरेश श्रेष्ठ, नेपाल प्रतिलिपी अधिकार रजिष्टार कार्यालयका रजिष्टार प्रहलाद पुडासैनी,  संगीत तथा चलचित्र उत्पादक समाज नेपालका निवर्तमान अध्यक्ष निर्मलराज ढकाल, प्रस्तोता समाजका अध्यक्ष शिव हमाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा, चर्चित निर्देशक शिव बिक, मोडल एबम संगीत ब्यवसायी बाबुराम बोहरा, चर्चित गायक एबम सर्जक रेशम सापकोटा, चर्चित मोडल सम्झना बुढाथोकी, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा चलचित्र मनोरञ्जन फोरमका सभापति एबम चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा स्वास्थ्य तथा सीप बिकाश समितिका सभापति हेमराज ढकाल, किर्तिपुर उधोग बाणिज्य संघकी अध्यक्ष राज्य लक्ष्मी शाह लगायत कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन नेपाल संगीत उधोग संघका महासचिव सुनिल लामिछानेले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । उक्त कार्यक्रममा उपाध्यक्ष हुम गैरेले स्वागत मन्तव्य राखेका थिए ।

दुबै संस्थाको स्थापना दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय जीवनराम श्रेष्ठद्वारा केक काटिएको थियो । सोही अवसरमा “दोस्रो ऐतिहासिक राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को सार्वजनिक रुपमा घोषणा गरिएको थियो । समाजका संरक्षकद्वय भगवान कुमार श्रेष्ठ र शम्शेर श्रेष्ठलाई बार्षिक सम्मान २०७९ द्वारा सम्मान गरिएको थियो भने संगीत ब्यवसायी सम्मान तर्फ सुनिल लामिछाने, संगीत पत्रकारिता सम्मान तर्फ तुलसी गिरि “भाबुक”, तुलसी बास्कोटा र मिडिया संयोजकको भुमिका निभाएको भन्दै प्रकाश बराईली “अभिव्यक्ति” लाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न श्रस्टा तथा निर्माताहरुलाई सम्मान गरिएको थियो ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं र नेपाल संगीत उद्योग संघको २२ औं स्थापना दिवसको सु-अवसरमा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा गीत संगीत तथा चलचित्रका निर्माताहरुलाई रोयल्टी वितरण गरिएको थियो । आगामी दिनमा गीत संगीत निर्माता तथा चलचित्र निर्माताहरुको लागि आफू जे जस्तो अवस्थामा पनि ज्यान दिन तयार भएको कुरा बताउदै रोयल्टी संकलन र बितरणलाई अझै पारदर्शी रुपले लैजाने कुरामा अध्यक्ष सुर्य मगरले जोड दिएका थिए ।

नेपालमा मात्र नभई ईन्टरनेशनल प्लेट फर्महरु जस्तै युटुब, टिकटक, फेसबुक लगायत अन्य डिजिटल प्लेट फर्म तथा प्रोड्युसरको ifpi संग लिने isrc नम्बर लगायतका बिबिध सम्झौताहरु र अधिकार प्राप्त गर्नुका साथै रोयल्टी संकलन तथा बितरण गर्दा समय सापेक्षिक मापदण्ड हेरफेर गर्नुपर्ने भएकोले कार्यक्रम कै दिन सर्वसम्मत रुपले नेपाल संगीत उधोग संघको बिधान संशोधन गरिएको छ । नेपाल संगीत उधोग संघद्वारा आयोजित “दोस्रो ऐतिहासिक राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को फर्म खुल्ला भएको कुरा अध्यक्ष सुर्य मगरले सोही कार्यक्रममा जानकारी गराएका थिए ।

 

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.