चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते भएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित उपल्लो फाँट नजिकै चितुवाले बालकलाई आक्रमण गरेर घाइते बनाएको हो ।
चितुवाको आक्रमणबाट स्थानीय ३ बर्षका सुलभ परियार गम्भीर घाइते भएका हुन् । परियारको अबस्था चिन्ताजनक रहेको छ । आफ्नै घरको आगनमा खेलीरहेका बेला बालकलाई चितुवाले आक्रमण गरेको थियो ।
बालक चिच्याएपछि आमाले दौडदै चितुवाबाट बच्चालाइ खोस्न सफल भएको स्थानीयको भनाई छ । आक्रमणबाट बालकको टाउको, अनुहार र गर्धनमा चोट लागेको छ । घाइतेको डुम्रेस्थित माेती मेडिकलमा प्राथामिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।