
आँबुखैरेनी ।
तनहुँको आँबुखैरेनी गाउँपालिकामा भाद्र ३ गते देखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु भएको छ । मिलन युवा क्लव र आँबुखैरेनी कलाकेन्द्रको आयोजनामा आगामी भदौ १५ गतेसम्म संचालन हुने महोत्सवको आजदेखि सुरु भएको हो।
महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले गर्नुभएकाे छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगेतिक प्रस्तुती रहने महोत्सवमा रमाईलो मेला, कृषि प्रदर्शनी लगायतको आकर्षण रहनेछ ।