Trending

गाेरखामा एक लाख बढी बालबालिकालाइ खाेप लगाउन करीब ५०० स्वास्थ्यकर्मीलाइ तालिम दिइँदै

गोरखा।

गाेरखा जिल्लाभरका एक लाख बढी ५ बर्षदेखि ११ बर्ष उमेरका बालबालिकाहरुका लागि खाेप लगाउनका लागि जिल्लाभरका करिब ५०० स्वास्थ्यकर्मीहरुलाइ खाेप तालिम दिइंदै छ ।

स्वास्थ्य कार्यालय गोरखाको आयोजना र एफएचआई ३६० को सहयोगमा  स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको हो ।

जिल्लाका सबै स्थानीय तहका सबै स्वास्थ्यकर्मीहरूलाइ पालैपालाे साउन २० देखि सुरु तालिम साउन २६ गते सम्म तालिम प्रदान गरिने स्वास्थ्य कार्यालय गाेरखाका नानीबाबु दानीले जानकारी दिनुभयाे । तालिममा खोप कसरी लगाउने, सुरक्षित कसरी गर्ने भन्ने बारेमा स्वास्थ्यकर्मीलाई तालिम दिइएको पनि दानीले बताउनुभयाे । त्रुटीरहित र सुरक्षित तरीकाले बालबालिकालाइ खाेप लगाउने उदेश्यका साथ तालिमकाे अायाेजना गरिएकाे पनि उहाँले बताउनुभयाे ।

‘कुन दिन कति जना बालवालिकालाई कसरी खोप लगाउन सकिन्छ भन्ने योजना हरेक पालिकाको स्वास्थ्यकर्मीले संयुक्त रुपमा बनाउँछन्’ अनि सबै पालिकामा  भदौ ५ गतेबाट जिल्लाभर एकै साथ सुरु हुने बताइएकाे छ ।

चुमनुब्री बाहेकका १० वटा गाउँपालिकाका हरेक विद्यालयमा खोप केन्द्र संचालन गरेर भदौ ८ गते सम्म पाँच वर्षदेखि ११ वर्ष उमेरका बालवालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालयका प्रमुख नरजंग ठकुरीले बताउनुभयाे । गोरखामा ५ देखि ११ वर्ष उमेरका एक लाख भन्दाबढि बालवालिका छन् ।

स्वास्थ्य कार्यालयले खोप बाहेकका अन्य सामग्री ल्याईसकेको र केहीदिनमा फाईजर खोप जिल्लालाई पुग्ने गरी आउने जनाएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका प्रमुख नरजंग ठकुरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख बिवस चिन्तन, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, वडा नम्बर ४ का अध्यक्ष मानबहादुर पौडेल लगायतले मन्तब्य राखेका थिए ।

तालिममा चुमनुब्री बाहेक सबै स्थानीय तहका खोप कार्यकर्ता, स्वास्थ्य शाखा प्रमुखहरु, स्वास्थ्य चौकी प्रमुखहरु लगायतको उपस्थिती रहेको का स्वास्थ्यकर्मी सहभागी छन् । तालिम पालुङटार नगरपालिकास्थित हाेटल लिगलिग मनासलु भ्यु मा संचालन भइरहेकाे छ ।

आउजाउमा समस्या भएकाले चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी सहभागी छैनन् । उनीहरुका लागि पछि छुट्टै तालिम संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker