Trending

शैक्षिक गुणस्तर बृद्दीकाे याेजना लिएर अाए जति पनि लगानी गर्न म तयार छु – मेयर चिन्तन

पालुङटार

श्रावण २२

पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तन अजयले शिक्षकहरूले शैक्षिक गुणस्तर बृद्दीकाे याेजनासहित अाएमा जति पनि लगानी गर्न अाफू तयार रहेकाे बताउनुभएकाे छ ।

मेयर चिन्तनले साे कुरा शिक्षकहरूका लागि शिक्षक महासँघ पालुङटारले अायाेजना गरेकाे कार्यमूलक अनुसन्धान लेखन सम्बन्धी २ दिने कार्यशालामा प्रमुख अतिथिकाे रूपमा बाेल्ने क्रममा बताउनुभएकाे हाे ।

नेपाल शिक्षक महासँघ पालुङटारले अाधारभूत तथा माध्यमिक तहका शिक्षकहरूका लागि श्रावण २१ र २२ गते वडा नं. ४ काे अमर ज्याेति मा.वि.मा र वडा नं. ६ काे रजगरे मा.वि.मा कार्यशालाकाे अायाेजना गरेकाे थियाे । दुवै केन्द्रमा गरी नगरपालिक भरिका ५४ जना शिक्षकहरूकाे उपस्थिति रहेकाे थियाे ।

शिक्षक महासँघकाे सञ्तित काेषबाट सञ्चालन भएकाे साे कार्यशालाकाे समन्वय भने शिक्षा शाखा पालुङटारले गरेकाे थियाे ।

नेपाल शिक्षक महासँघ पालुङटारले अाफ्नाे स्थापना कालदेखि नै पालिका भित्रका शिक्षकहरूकाे पेशागत क्षमता अभिवृद्धिका लागि हरेक बर्ष कार्यक्रमहरू सञ्चालन गर्दै अाइरहेकाे छ । महासँघले यसअघि शिक्षकहरूका लागि ७ दिने ICT तालिम, नि.मा.वि. तहका बिज्ञान शिक्षकहरूका लागि ३ दिने कार्यशाला, मा.वि. तहका बिज्ञान शिक्षकहरूका लागि ३ दिने कार्यशाला, कक्षा ११ र १२ काे नगरस्तरीय परीक्षा सञ्चालन लगायतका गतिविधीहरू गर्दै अाएकाे शिक्षक महासँघ पालुङटारका अध्यक्ष चेतनाथ पन्तले बताउनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker