दिपक गरौजा मगर र बर्षा मगरको सात बर्षपछिको सहकार्य यस्तो वन्यो (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् ।

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित लोकप्रिय दोहोरी गायक दिपक गरौजा मगर र बर्षा थापाको नयाँ तिज गित ‘मायालुले बोलासी घरै’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । सुप्रसिद्ध दोहोरी गायक दिपक गरौजा मगर र बर्षा थापाले गाएको गितमा गितकार अनिश दवाडीको उत्कृष्ट शब्द सृर्जना एवम् गायक दिपक गरौजाको लय रचना रहेको छ । गितमा विनोद बाजुरालीको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

बर्सिनी तिजको अवसर पारेर दवाडीले नयाँ नयाँ कोसेली सार्वजनिक गर्ने गर्छन् । विगत लामोसमय देखी सांगितिक बजारमा रमाईरहेका दवाडीका सृर्जनामा रहेका दर्जनौ गितहरु बजारमा छन् । कामी दाईको छोरो, प्रदेशी, लै माया लै, सानी मायालु, सम्झी कति रुनी हजुर लगायत थुप्रै गितहरु सर्वाधिक रुचाईएका छन् । दवाडीकै सृर्जनामा रहेको ‘के रमाईलो छ र खै’ बोलको तिज गित केहि दिन अघि मात्रै बजारमा आएको थियो । गायक मगरसंग भने अनिशको यो पहिलो सहकार्य हो ।

प्रकाश भट्टको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा सम्झना लामिछाने मगर र लोमस शर्माको अभिनय संगै डान्सिग फिचर रहेको छ ।

अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घिमिरेले छांयाकन एवम् विष्णु शर्माले सम्पादन गरेका छन् । गित Samjhana Lamichhane Magar अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः

 

Back to top button
Skip Add
Close