नेपाललाई अन्तरास्ट्रिय स्तरमा चिनाउने भन्दै मिस ग्रान्डको प्रतिस्पर्धामा रोजिका, यसरी गर्न सकिन्छ भोट !

सागर उप्रेती काठमाडौं । आर.के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत वर्षेनि देशको प्रतिनिधित्व गराउँदै विभिन्न देशका फरक फरक टाइटल मार्फत आफ्नो देशलाई चिनाउन आफ्ना प्रतिष्पर्धीहरु तयार पार्दै आएको छ । यसैक्रममा मिस ग्रान्ड नेपाल २०२२ को उपाधीको लागि यतिबेला झापा बिर्तामोडकी छोरी १६ वर्षीय रोजिका सिटौला कडा प्रतिष्पर्धामा उत्रिएकी छिन।

यतिबेला मिस ग्रान्ड २०२२ को विजेताको लागि भोटिङ राउन्ड खुला भैइसकेको छ । सयौं बाट छानिएर उत्कृष्ट १६ भित्र पर्न सफल कन्टेस्टेन्टहरु उपाधिको लागि भिड्दै छन । सिटौला भने मिस ग्रान्ड २०२२ को ट्रफी उचाल्ने भन्दै यतिबेला झापाबाट काठमाडौं आएर निकै कडा मेहनत गरिरहेकी छिन । तर उनलाई ट्रफी जित्नको लागि मेहनत गरेर मात्र पनि नहुने भएको छ । सिटौलालाई धेरै भन्दा धेरै भोटको आवश्यक पर्ने भएको छ । उमेरले सानै भए पनि हरेक क्रियाकलापमा उनको बौद्धिकता झल्किन्छ । उनले यतिबेला सबै आमा बुबा , दाजुभाइ , दिदीबहिनी र साथीहरुसङ भोटको अपिल गरिरहेकी छिन ।

उनी आफैमा एक अब्बल प्रतिभा हुन । उनी मिस ग्रान्डमा विजेता बन्दै अन्य ठुला-ठुला प्लेटफर्म मा पनि आफ्नो प्रस्तुती दिन सक्ने आँट राख्छिन । क्षमताको हिसाबले उनी झापाकी छोरी मात्र नभएर नेपालकै सम्पत्ती हुन । सानैदेखि पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहेकी सिटौलाले पुर्वाञ्चल टाइटल स्टार, झापा मिस टाइटल, टाइटल मिसा डिसीप्लेन लगायत अन्य थुप्रै उपाधि हात पार्न सफल भएकी छिन। उनले लुङ्गा फिल्ममा प्रितम आचार्यले गाएको गीतमा अभिनय समेत गरेकी छिन। उनले भोट माग्ने क्रमम भनेकी छिन , ‘ म हजुरहरुकै छोरी चेली यतिबेला मिस ग्रान्ड २०२२ को प्रतिस्पर्धामा भिडिरहेको छु , यहाँहरुको भोटले मेरो अगाडीको यात्रा तय हुनेछ । तसर्थ सबैले मेरो क्षमता हेरेर मलाई माया गर्नुहुने सबैले आफ्नो मोबाइलमा खल्ती एप डाउनलोड गरि कन्टेस्टेन्ट नमबर १६ मा धेरै भन्दा धेरै भोट गरिदिनु हुन अनुरोध गर्द्छु । ‘ उनले धेरै भोट आउँने कुरामा आफू बिश्वस्थ रहेको बताएकी छिन । उनी कसैलाई हराउन यो प्रतिस्पर्धामा नआएको र अरु भन्दा केही फरक र आफ्नो बेस्ट दिएर उपाधी जित्न मिस ग्रान्डमा आएको बताउँछिन ।

सिटौलालाई असल नायिका बनेर देशलाई चिनाउने ठुलो सपना रहेको छ। उनलाई प्रतिस्पर्धीहरुले समेत बलियो उपाधि दाबेदारको रुपमा हेरेका छन । मिस ग्राण्ड २०२२ एउटा खुड्किला मात्र भएको र आफ्नो जिन्दगीको यात्रामा यस्ता थुप्रै प्रतिष्पर्धा गरेर देशको नाम चिनाउने उदेश्य बोकेर हिडेको बताउँछिन। भोटिङ सङै यतिबेला ट्रेनिङ सेसन पनि चलिरहेको छ । भदौ महिनाको पहिलो हप्तामा नै फिनाले सम्पन्न गर्ने आयोजक टिमको तयारि रहेको छ ।

 

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.