अर्थमन्त्रीमा ‘कन्फिडेन्ट लुज’ भएको हो ?

१५ साउन, काठमाडौं ।

आइतबार अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका जनार्दन शर्माले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्दै गर्दा मन्त्रालयमा भने उनको स्वागतको तयारी हुँदै थियो ।

अर्थ मन्त्रालयको मूल ढोकामा तामाको दुई वटा गाग्री, गाग्रीमाथि हरियो रातो फूल । छेवैमा दहीले भरिएको प्लष्टिकको बट्टा र त्यसमाथि एउटा स्याउ र केरा राखिएको थियो ।

मूल ढोकामा जस्तै सजावट मन्त्रीको कार्यकक्ष र सभाहलमा पनि थियो । जनार्दन शर्मा अर्थमन्त्री लेखिएको नेम प्लेटदेखि मन्त्रीको कुर्सी तम्तयार थियो भने सभाहलमा नवनियुक्त अर्थमन्त्रीको स्वागत तथा बधाई ज्ञापन कार्यक्रमको डिजिटल बोर्ड पनि तयार थियो ।

साँझ ६ बजेर ४६ मिनेटमा जर्नादन शर्मा सवार बा २ झ ३७३३ नम्बरको पजेरो मन्त्रालयको प्राङ्गणमा आइपुग्यो । मन्त्रालयका दायाँपट्टी हातमा फूलको माला बोकेर बसेका राजश्व सचिव कृष्णहरि पुष्करले शर्माको स्वागत गरे । लहरै बसेका कर्मचारीले बुकी र फूल मन्त्री शर्माको हातमा दिइरहँदा बायाँ लहरमा उभिएका माओवादी कार्यकर्ताले ताली पिटेका थिए ।

लाइनमा रहेका कर्मचारीले पनि खादा, माला र पुष्पगुच्छाले शर्मालाई स्वागत गरे । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराई करका दरहरु हेरफेरको आरोपमा छानबिन हुने भएपछि २५ दिनअघि संसदमा राजीनामा घोषणा गरेका शर्मा आरोप पुष्टि नभएपछि दोस्रो पटक आइतबार मन्त्रालय प्रवेश गरेका थिए । आफूलाई बधाई तथा शुभकामना दिनेहहरुसंग समेत खासै नखुलेका मन्त्री शर्मा बधाई र शुभकामनाका माला-खादा पहरिँदै कार्यकक्षमा पुगे ।

राजश्व सचिव कृष्णहरि पुष्करले उनलाई पुनः नियुक्तिपछिको पहिलो निर्णयको फाइल पेश गरे । उनले त्यसमा हस्ताक्षर गरे, केही बोल्न खोजे जस्तो गरेर रोकिए, तर बोलेनन् । सचिवले हलमै बोल्ने भनेपछि शर्मा उठे । यसअघि आफैं अग्रसर भएर अघि-अघि हिंड्ने र बोल्दै हिंड्ने शर्मा मलिन अनुहारमा मन्त्रालयको सभाहल भएको तेस्रो तलामा उक्लिए ।

राजस्व सचिव पुष्करले अर्थमन्त्रीलाई पुनः हलमा स्वागत गरे र आफूहरुको साथ रहेको बताए । सभाहलमा भरिभराउ सञ्चारकर्मी, मन्त्रालयका कर्मचारी, माओवादीका सर्मथकबीच अर्थमन्त्रीले तीन मिनेट मात्रै सम्बोधन गरे ।

बजेटको उद्देश्य र त्यसको कार्यान्वयनबारे बोलेका उनले एक, दुई, तीन गर्दै आफ्ना उद्देश्य बताए ।

आफूलाई पुनः नियु्क्ति दिएकोमा प्रधानमन्त्री र गठबन्धनका नेतालाई धन्यवाद भनेका शर्माले कर्मचारीसँग पनि मिलेर काम गर्ने बताए । ठूलो विवाद र आरोपमा संसदीय छानबिनसमेत भोगेका शर्माले आफ्नो विवाद र सफाइबारे पत्रकारसँग प्रश्न-उत्तर गर्लान् भन्ने उपस्थित सञ्चारकर्मीको व्यग्र प्रतीक्षा थियो । तर, उपस्थित पत्रकार र अन्य सबैलाई धन्यवाद भनेर उनी जुरुक्क उठे ।

प्रश्न गर्ने मौका नै नदिई शर्मा उठेपछि पछाडिबाट एक सञ्चारकर्मीले प्रश्न गरे प्रश्नसँग किन डराए मन्त्री ? प्रश्न सोध्ने मौका नै नदिएपछि सञ्चारकर्मीलाई सभाहलको पछिल्लो लाइनमा बसेका कर्मचारीहरुले हाँस्दै भने, ‘अब मिडियाले समाचार चाहिं कस्तो लेख्लान् त ?

हतार हतार कर्यकक्षमा ओर्लिएका शर्मासँगै उनका कार्यकर्ता पनि झरे सभाहल रित्तियो । विस्तारै हलबाट ओर्लंदै गरेका उच्च तहका मन्त्रालयका कर्मचारीसँग गफिँदै सञ्चारकर्मीले सोधे अर्थमन्त्रीमा ‘कन्फिडेन्ट लुज’ भएको हो ?

Source: https://www.onlinekhabar.com

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.