ढाडे बिरालोपछि बिनोद ढकाल, प्रकाश कटुवाल र ज्योति मगरले फेरी ल्याए तीज गीत ‘घण्टा’ (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक प्रकाश भट्टको यस बर्षको पहिलो तिज कोसेली ‘घण्टा’ भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठको आवाजमा सजिएको उक्त गितमा विनोद ढकालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक कटुवालकै लय रचना रहेको छ । निकै मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । गायक प्रकाशका यसअघिका ‘चोर बिरालो’, ‘ढाडे बिरालो’, ‘छेकेन जामाले’, ‘सुन्दर रामेछाप’ लगायतका गीत हिट छन् ।

शंकर विसीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा ज्योती मगर र बुद्ध तामाङको अभिनय संगै डान्सिंग फिचर रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन गरेका छन् । गित Prakash Katuwal अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनिः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker