जिल्ला समन्वय समिति गाेरखाकाे पदभार ग्रहण ः नदीजन्य पदार्थको अवैध दोहनको प्रभावकारी अनुगमन गरिने

गोरखा जिल्ला समन्वय समिति(जिसस) का नवनिर्वाचित पदाधिकारीहरूकाे पदभार ग्रहण कार्यक्रम अाइतबार सम्पन्न भएकाे छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित जिसस प्रमुख मोहनबहादुर थापाले जिल्लका विभिन्न स्थानीय तहमा बढिरहेको नदीजन्य पदार्थको अवैध दोहनको प्रभावकारी अनुगमन गर्ने बताउनुभएकाे छ ।

आइतबार जिससका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहणका क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले अवैध नदीजन्य पदार्थ दोहनलाई रोक्न प्रभावकारी रुपमा अनगुमन गर्ने बताउनुभएकाे हाे  ।

जिल्ला भित्रका गाउँपालिका, नगरपालिका, संघ, प्रदेशलाई समन्वय गरेर जनताको हित, समृद्धि र विकासका लागि काम गर्ने र सोहि अुनसार योजना बनाएर अघि बढ्ने पनि उहाँले बताउनुभयाे ।

सर्वसम्मत रूपमा चयन भएकाे जिल्ला समन्वय समितिकाे प्रमुख थापा गाेरखा नगरपालिकाबाट निर्वाचित हुनुहुन्छ भने  उप प्रमुखमा शहिद लखन गाउँपालिकाबाट लिला परियार रहनुभएकाे छ । त्यस्तै गरी सदस्यहरूमा खस अार्यतर्फ गण्डकी गाउँपालिकाबाट शिव प्रसाद रेग्मी र वारपाक सुलिकाेटबाट माेहन ढकाल रहनुभएकाे छ ।  मुस्लिमतर्फ भीमसेन थापा गाउँपालिकाबाट बाट माेहम्मद हकिम, दलित तर्फ पालुङटार नगरपालिकाबाट गंगा बहादुर बलकाेटी,  महिला सदस्यमा धार्चे गाउँपालिकाबाट प्रमिना घले, सिरानचाेक गाउँपालिकाबाट मिरा उपरकाेटी र अजिरकाेट गाउँपालिकाबाट इन्दिरा देवकाेटा रहेका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.