गाेरखा नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसकाे प्यानल बिजयी

गोरखा नगरपालिकामा नेपाली काँग्रेसको विजय सुरुवात भएको छ । हिजो राती ११ बजेबाट सुरु भएको गोरखा नगरपालिका १ को मतगणना शनिबार बिहान ७ बजे सकिएको हाे ।जसमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १ काे वडाध्यक्षमा हिक्मत बहादुर कुवँर, वडासदस्यहरुमा ठाकुर प्रसाद भट्ट, टाेप बहादुर भट्ट, कमला भट्ट र सृजना नेपाली विजयी भएका हुन्।

अन्तिम मत परिणाम अनुसार वडाध्यक्ष कुवँरले ४९२ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्प्रधी नेकपा माओवादीका गाेविन्द प्रसाद भट्टराईले ४०३ मत ल्याएका छन् ।१ हजार २ सय १२ मत खसेको वडा नम्बर १ मा नगरप्रमुख, उपप्रमुखमा समेत काँग्रेसले मत बढी ल्याएकाे बताइएको छ । जसमा काँग्रेसका मेयर उम्मेदवार राजनराज पन्तलाई ४८३ र उपमेयरका उम्मेदवार मसलीमाया थाेकरलाई ४९५ प्राप्त भएकाे छ ।

निकटतम प्रतिष्प्रधी नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार कृष्ण रानालाई १ हजार ३८६ मत आएकाे बताइएकाे छ भने उपमेयरमा जसपाका नारायण खत्रीले २७३ मत प्राप्त गरेका छन् ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker