गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मात्रै चुनावी तालमेल हुने

गोरखा, १० वैशाख ।

गोरखामा दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मात्रै चुनावी तालमेल हुने भएको छ ।

आठ पटक सम्म बसेको चार दलिय गठबन्धन बैठकबाट पनि भागबण्डामा सहमती हुन नसके पछि काँग्रेस र माओवादीवीच मात्रै चुनावी तालमेल गर्ने निर्णय भएको हो ।

जसमा कांग्रेसले ७ र माओवादी केन्द्रले ४ वटा पालिका लिएर गठबन्धन गर्ने विषयमा सहमती भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

कांग्रेसले गोरखा नगरपालिकासहित गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिकामा प्रमुख पद लिने सहमती भएको छ ।

माओवादी केन्द्रले पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र यस अघि जितेको बारपाक सुलिकोट गाउँपालिका, शहीदलखन गाउँपालिका लिने निर्णय भएको बताइएको छ ।

वडाको हकमा पनि यस अघि जितेको वडा यथावत रहने र एमालेसहित जसपाले जतेको वडामा बाँडफाँड गर्ने दुई दलका नेताहरु बिच सहमती भएको छ ।

शनिबार दिउँसो दुई दलवीच भएको बैठकमा कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, केन्द्रिय सदस्यहरु सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, अब्दुल सतार, नेतृ कमला पन्त सहभागी छन् भने माओवादी केन्द्रबाट जिल्ला इन्चार्ज कृष्ण धिताल, अध्यक्ष लेख बहादुर थापा मगर, केन्द्रिय सदस्य अमर तमु, शुसिला सिम्खडा सहभागी रहेको स्रोतले जनाएको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.