गोरखा । गोरखाको पालुङटार नगरपालिकाबाट सहरी बिकास तथा भवन निर्माण बिभागमा माग गरिएका आयोजनाहरु स्वीकृत भएका छन् । बिभाग बाट विभिन्न शिर्षकका पचास करोड बराबरका योजना स्वीकृत भएका हुन् ।
नगरपालिकाको भौतिक पुर्बाधार अन्तर्गत सडक निर्माण , मन्दिर ,पार्क ,सार्बजनिक सौचालय ,बस पार्क ,भवन, हाटबजार निर्माणका योजनाहरु संघीय सरकारबाट बजेट बिनियोजन भएअनुसार पालुङटार नगरपालिकामा अब निर्माण हुने छन ।
पुर्वाधार अन्तर्गतका योजनाहरु लामो समयको प्रयास पछि स्वीकृत हुन सफल भएको नगर प्रमुख इन्जिनियर दिपक बाबू कडेल बताए ।उनी भन्छन् ,, पालुङटार नगरपालिका लाई समृद्ध र बिकासको फट्को मार्नेगरी सधैँ आफू लागिरहेको र अझै जनताको सेवामा र बिकास काममा खटिरहने जानकारी दिए ।
बिकास सँगै जनताको प्रत्यक्ष समस्या लाई समाधान गर्न अहोरात नभनेर आफू लागिरहेकोले पालुङटारलाई अब नमुना पालुङटार बनाउनेमा दृढतापुर्बक आम नगरवासीलाई विस्वास व्यक्त गरे ।
त्यस्तै वडा नम्बर १ को पान्डेटार बेलबास,कोलकाटेको वडा कार्यालय जोड्ने सडक र जोतिचौतार ,लुङगा चापाभञ्झाङ सडक गरेर दुई, दुई करोड रकम बिनियोजन भएको छ । त्यस्तै तुरतुरे पुल , हवाई ग्राण्ड ,ठाटीपोखरी सडक लगायतका भौतिक पुर्वाधारका योजना स्वीकृत भएका हुन् ।