Trending

टाेल बिकास संस्था तथा महिला समूहका अध्यक्षहरूका लागि सिकाइ केन्द्रद्वारा अभिमुखीकरण

गाेरखा, फागुन २८

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.७ स्थित च्याङली सामुदायिक सिकाइ केन्द्रकाे अायाेजनामा वडभित्र रहेका सबै टाेल बिकास संस्था तथा महिला समूहका अध्यक्षहरूका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

केन्द्रकाे कार्यालय भवन रहेकाे स्थान वडा नं. ७ काे कार्यालयकाे सभाहलमा भएकाे कार्यक्रमकाे उदघाटन उपस्थितहरूमध्येबाट जेष्ठ सदस्य एवं राधाकृष्ण टाेलबिकास संस्थाका अध्यक्ष दयाराम लामिछानेले ब्यानर पढेर गर्नुभएकाे थियाे ।

सिकाइ केन्द्रका अध्यक्ष रबिन्द्र कंडेलकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा वडा नं. ७ का १८ वटा टाेलबिकास संस्थाका अध्यक्षहरू सहित बिभिन्न महिला समूहका अध्यक्षहरू समेत गरी ६० जनाभन्दा बढीकाे सहभागिता रहेकाे थियाे । अध्यक्ष कंडेलले सिकाइ केन्द्रकाे परिचय, अबधारणा तथा कार्यक्षेत्र र स्थापनाका बारेमा प्रस्तुतीकरण गर्नुका साथै कार्यक्रमकाे अाैचित्यकाे बारेमा प्रष्ट्याउनुभएकाे थियाे । च्याङली स्वास्थ्य चाैकिका इन्चार्ज भरतराज पाण्डेले साे अवसरमा स्वास्थ्य क्षेत्रका गतिबिधीसहित सिकाइ केन्द्रकाे संंलग्नताकाे बारेमा जानकारी राख्नुभएकाे थियाे ।

कार्यक्रममा सिकाइ केन्द्रका कार्यसमिति सदस्य इन्द्र काेइरालाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने केन्द्रकी सचिव राममाया अालेले कार्यक्रमकाे सञ्चालन गर्नुभएकाे थियाे ।

कार्यक्रमबाट सिकाइ केन्द्रकाे घुम्तीकाेष स्थापना गरी बिभिन्न ७ वटा समूहमा अावद्द भइ व्यवसाय गर्दै अाएका ब्यवसायीहरूबाट सञ्चालन गर्नकाे लागि छनाेट गर्ने समेत निर्णय गरिएकाे छ ।

च्याङली सामुदायिक सिकाइ केन्द्र साविककाे च्याङली गा.वि.स. हाल पालुङटार नगरपालिका वडा नं. ७ मा बि.सं.२०६९ सालमा शैक्षिक श्राेत तथा बिकास केन्द्रकाे सहकार्यमा स्थापना भइ २०७१ सालमा अनाैपचारिक शिक्षा केन्द्रमा दर्ता भएकाे थियाे । स्थापना कालदेखि नै सिकाइ केन्द्रले यस वडाभित्र साक्षरता कक्षा, साक्षराेत्तर कक्षा, सीपमूलक तथा अायअार्जनका क्षेत्रमा बिशेष याेगदान दिँदै अाइरहेकाे छ ।

Back to top button
Close