पालुङटार ७ काे दाेस्राे वडा कप फुटबलकाे उपाधि रियल सनस्टार युवा क्लबको पाेल्टामा

गाेरखा,
गाेरखाकाे पालुङटार वडा नं ७ च्याङलीमा अायाेजित दाेस्राे वडा कप फुटबल प्रतियोगिताकाे उपाधि रियलसनस्टार युवा क्लब अाहालेबरले हात पारेकाे छ । वडा नं ७ काे कार्यालयकाे अार्थिक सहयेगमा सम्पन्न प्रतियोगितामा रियल सनस्टार ले खत्रीटार युवा क्लब लाई पेनाल्टी सुटअाउटमा ३-0 गाेल अन्तरले पछि पारेकाे थियाे ।
बिरूवाटारकाे खेलमैदानमा फागुन १२ देखि १४ गतेसम्म सञ्चालित खेलमा वडा भित्रका १० टिमकाे सहभागिता रहेकाे थियाे ।
रियल सनस्टारका युकेश गुरूङले खेलकाे पहिलो हाफमा १ गाेल गरेका थिए । त्यसपछि केही मिनेटमै  खत्रीटारका सागर खत्रीले १ गाेल गरेसंगै निर्धारित समयमा गाेल बराबरी रह्याे । बराबरी भएपछि पेनाल्टी सुटअाउटमा रियल सनस्टारले जित हासिल गरेकाे हाे ।
जितसंगै क्लबले नगद रू ३० हजार, प्रमाण पत्र र ट्रफी हात पारेकाे छ भने द्वितिय हुने खत्रीटारले नगद रू २० हजार, प्रमाण पत्र र ट्रफी मा चित्त बुझाएकाे थियाे ।

Back to top button
Skip Add
Close