
पालुङटार, माघ २६
पालुङटार नगरपालिका वडा नं २ मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ ।
जसकाे अध्यक्षमा तिलु शाह चयन हुनुभएकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा तारा ढकाल, काेषाध्यक्षमा तेजुमाया राना र सचिवमा बिपना ठकुरी रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा कालीमाया बलकाेटी, रामप्यारी परियार,नानुमाया श्रेष्ठ, कमला श्रेष्ठ, काैशिला मरहट्टा, शारदा के.सी., राममाया अच्छामी, विष्णुमाया अधिकारी, देउमाया न्याैपाने, पार्वती अच्छामी र पितामाया अधिकारी रहेका छन् ।
वडा नं. २ काे वडा कार्यालयमा सम्पन्न भएकाे साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे भने वडा नं. २ का वडाध्यक्ष लाेकनाथ वाग्ले ले बिशेष अतिथिकाे रूपमा मन्तव्य राख्नुभएकाे थियाे । त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ, पालुङटार नगरपालिका वडा नंं ७ की वडा सदस्य भगवती कुमाल लगायतकाले मन्तव्य राखेका थिए ।
गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।