पालुङटार नगरपालिका वडा नं. ७मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन

गाेरखा, माघ २४

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा एकल महिला ससक्तीकरण तथा समूह गठन कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा नं. ७ की वडा सदस्य  एकल महिला भगवती कुमालकाे अध्यक्षतामा सम्पन्न भएकाे साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे भने  वडा नं. ७का वडाध्यक्ष बसन्त कुमार  श्रेष्ठले बिशेष  अतिथिकाे रूपमा बाेल्दै कार्यक्रमकाे प्रशंशा गर्नुभएकाे थियाे ।

त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ, पालुङटार नगरपालिकाकी कार्यपालिका सदस्य साबित्रा बि.क.लगायतकाले मन्तव्य राखेका थिए ।

साेही कार्यक्रमबाट नारायणी कमरकाे अध्यक्षमा १८ सदस्यीय वडास्तरीय एकल महिला समूह गठन गरिएकाे  छ । जसकाे उपाध्यक्षमा कमला कुमाल, सचिवमा सर्मिला कुमाल क, सहसचिवमा सर्मिला कुमाल ख, काेषाध्यक्षमा पम्फा बि.क, रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा अाेममाया मगर, बिन्दु पाण्डे, सिर्जना कुमाल, मालती कुमाल, शान्ता परियार,इश्वरी कुमाल, मेनुका पाण्डे, शारदा कुमाल, सर्मिला कुमाल, भगवती श्रेष्ठ, चमेली कुमाल, काशीमाया कुमाल र ज्ञानुमाया नेपाली रहेका छन् ।

गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker