
गाेरखा, माघ १७
अध्ययनसँगसँगै राेजगारी, पढाइसँगै कृषि र पढदै कमाउँदै भन्ने ध्येयका साथ कृषि कार्य अघि बढाएकाे पालुङटार नगरपालिकाकाे एकमात्र बिद्यालय त्रिवेणी मा.वि.मा साम्सद तथा शिक्षा बिकास तथा समन्वय ईकाइ गाेरखाका ईकाइ प्रमुख सहितकाे टाेली पुगेका छन् ।
बिद्यालयले यसै बर्षदेखि कक्षा ९ मा प्राविधीक धारतर्फकाे कृषि बिषय अध्यापन शुरू गरेसँगै खेतीपाती समेत शुरू गरेकेाे थियाे । बिद्यालयले गरेकाे कृषि कार्यकाे अवलाेकनकाे लागि साम्सद कृष्ण धिताल विजय, शिक्षा बिकास तथा समन्वय ईकाइ गाेरखाका ईकाइ प्रमुख श्री बिष्णु प्रसाद भट्टराई, पूर्व कृषि मन्त्री लेख बहादुर थापा,अमर तमु ने शि महासंघ गाेरखा जिल्ला अध्यक्ष ध्रुब कुमार भट्ट बहिरा बिध्यालयका अध्यक्ष अनिल अम्गाई लगायतकाकाे टाेलीले फिल्डमै पुगेर अवलाेकन गरी शिक्षक तथा बिद्यार्थीहरूबीच अन्तरक्रिया समेत गरेका थिए ।
अवलाेकन पश्चात बिद्यालयमा गरिएकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँहरूले बिद्यालयले गरेकाे कार्यप्रति सदैव सहयाेग रहने बिश्वास दिलाएका थिए । यसबाट अाफूले गरेकाे काममा थप हाैसला प्राप्त भएकाे बिद्यालयका प्रधानाध्यापक गणेशराज सेडाइले जानकारी दिनुभयाे ।
साे अवसरमा बिद्यालयका प्रधानाध्यापक गणेशराज सेडाइले बिद्यालयले गरेकाे कृषि कामका बारेमा जानकारी दिनुभएकाे थियाे । प्रधानाध्यापक सेडाइका अनुसार १० राेपनी खेत भाडामा लिएर ६ क्वीन्टल अालु खेती गरिरहेकाे र त्यसका साथै अन्य तरकारी तथा फलफूल खेती समेत गरिएकाे छ । पहिले १० राेपनी खेतमा अालु लगाइएकाे र अहिले फेरी थप ८ राेपनी पाखाे बारी भाडामा लिएर साे बारीमा काक्राे, घिराैला, करेला, सिमी,बाेडी, भिँडी लगायतकाे बिउ लगाइएकाे पनि उहाँले बताउनुभयाे । त्यतिमात्र नभइ च्याउ उत्पादनका लागि समेत काम गरिरहेकाे उहाँले बताउनुभयाे ।
रासायनिक मल र बिषादीकाे प्रयाेग बढदाे मात्रामा भइ मानिसकाे स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेकाे र जग्गाकाे उर्वराशक्तिमा ह्रास अाइरहेकाे परिबेशमा पूर्ण रूपमा अर्गानिक उत्पादन गर्ने लक्षका साथ काम गरिरहेकाे पनि बताइएकाे छ ।
कृषिधार तर्फ बालीबिज्ञान अध्ययन गर्ने कक्षा ९ का बिद्यार्थीहरूकाे परिचालन गरी कृषि कार्य अघि बढाएकाेमा साे याेजना सफल पार्नकाे लागि बिद्यालयका शिक्षकहरू, बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरू, स्थानीय किसान क्लब तथा स्वतन्त्र किसानहरूले समेत अाएर प्रत्यक्ष रूपमा काममा सहयाेग गरिरहेका छन् । उत्पादित बस्तुहरूकाे बिक्रीबाट भएकाे अाम्दानीबाट विद्यालय सञ्चालनमा थप टेवा पुग्ने बिश्वास समेत गरिएकाे छ । अाम्दानीकाे २५ प्रतिशत रकम भने साेही कक्षाका बिद्यार्थीहरूलाइ नै दिइने पनि प्रधानाध्यापक सेडाइले जानकारी दिनुभयाे, जसबाट बिद्यार्थीहरूले पढदा पढदै कमाउने र व्यवसायिक कृषितर्फ लम्कन सहयाेग पुग्नेछ ।