Trending

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ काे कोषाध्यक्षमा भट्टराईको र प्रबक्तामा शर्मा मनोनित

माघ२,तनहुँ ।     नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिती क्षेत्र न १ तनहुँको आईतबार बसेको पहिलो बैठकले कोषाध्यक्ष र प्रबक्ता मनोनित गर्ने निर्णय गरेको छ । क्षेत्रीय कोषाध्यक्षमा व्यास -२ निवासी पबिन्द्र भट्टराई र प्रबक्तामा व्यास-८ रिस्ती निवासी हरिप्रसाद शर्मा मिश्रलाई मनोनीत गर्ने निर्णय गरेको हो । कांग्रेसको बिधान बमोजिम कोषाध्यक्ष र प्रबक्ता मनोनीत हुनको लागि निर्बाचित क्षेत्रीय कार्यसमिती सदस्य हुनुपर्दछ । बैठकले क्षेत्र न १ भित्र रहेका प्रत्येक नगरपालिका र गाउपालिका भित्र रहेका नेपाली कांग्रेसका नगर कार्य समिति, गाउपालिका कार्य समिती र वडा कार्यसमितिलाई सक्रिय बनाउदै छुटेका मतदाता नामावलिमा नाम दर्ता गराउनको लागि सहयोग गर्ने निर्णय गरेको छ ।सभापति श्याम कुमार मौरतीको सभापतित्वमा बसेको बैठकले क्षेत्र न १ अन्तर्गत रहेका ४२ वटै वडामा टोलकार्य समिती यथासक्य छिटो सम्पन्न गर्नको लागि नगर एब गाउपालिका सभापति र वडा सभापतिहरुलाई परिपत्र गर्ने निर्णय गर्नुका साथै नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा वडा, नगरपालिका , गाउपालिका , प्रदेशसभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा आफ्नो मत प्रदान गर्नुहुने सम्पुर्ण प्रतिनिधि साथै निर्बाचन सम्पन्न गर्नको लागि सहयोग गर्ने सम्पुर्ण निर्वाचन समितीलाई धन्यवाद ज्ञापन गरेको छ । गत शुक्रबार साझ बन्दिपुर गाउँपालिका वडा न ६ हुस्लाङमा भएको जिप दुर्घटनामा परि नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हरि बहादुर न्यौपाने र उहाँको धर्मपत्नी शुशिला न्यौपाने लगायत ६ जनाको मृत्युले स्तब्ध बनाउनुका साथै दुख ब्यक्त पनि गरेको छ । बैठकले उक्त जिप दुर्घटनामा परेर घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित मृत आत्माको चिरशान्तिको कामना गर्ने निर्णय गरेको क्षेत्रीय सहसचिब शैलेश खातीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker