Trending

३ दिन भित्र विद्यालय पक्षले अभिभावक भेला नबोलाएमा विद्यालयको प्रशासन शाखामा तालावन्दी गर्ने चेतावनी

मुग्लिन, २४ पुस । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिनमा रहेको त्रिवेणी बराह माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा विवाद बढ्दै गएको छ । विव्यस गठन सम्बन्धमा उक्त विद्यालयमा लामो समयदेखि विवाद भैरहेकोमा शुक्रबार एउटा पक्षले अभिभावक भेला माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार ३ दिन भित्र विद्यालय पक्षले अभिभावक भेला नबोलाएमा विद्यालयको प्रशासन शाखामा तालावन्दी गर्ने चेतावनी दिएको छ । उनीहरुका अनुसार विद्यालय प्रशासनले सरोकारवालाहरुसँग छलफल नै नगरी एकपक्षीय ढंगबाट गैरकानुनी रुपमा विव्यस गठन गरेको, विद्यालयमा विभिन्न किसिमका गैरकानुनी कामहरु भैरहेको, विद्यालयले गाउँपालिकाको शिक्षा शाखाले दिएको निर्देशनहरुको पालना नगरेको जस्ता आरोपहरु लगाइएको छ ।

हेर्नुस् ज्ञापनपत्र

271600071_4850955871614992_1386201601761209107_n.jpg

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker