नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौँ महाधिवेशन सम्पन्न ः पदाधिकारी साेमबारकाे बैठकले टुङ्ग्याउने

काठमाडौं : 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौँ महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरी  सकिएको छ भने पदाधिकारी भने अागामी साेमबार बस्ने बैठकले टुङ्ग्याउने भएकाे छ ।

अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्यहरुको सूची पारितसँगै महाधिवेशन सकिएको हो ।

नवनिर्वाचित घोषित केन्द्रीय समितिको बैठक सोमबार बस्ने र साेही बैठकले पदाधिकारी चयनको विषय टुंग्याउने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयाे ।

माओवादी केन्द्रीय कमिटी २९९ सदस्यीय रहेको छ । महाधिवेशन हलबाट पारित भएका बाहेकका सदस्यहरू भाेलिकाे बैठकले टुङ्ग्याउने जानकारी दिइएकाे छ ।

त्यस्तै, केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने नेता महाराले जानकारी दिनुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.