Trending

आरुघाटबाट  माछाखोला जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु चार जना घाइते

गोरखा ।

जिल्लाकाे  आरुघाट बजारबाट  धार्चे गाउँपालिका स्थित माछाखोलातिर जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।

ट्रकमा सवार अन्दाजी २१ वर्षीय र २४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालकाे भनाइ छ ।  मृतकहरुकाे पहिचान खुलिसकेकाे छैन ।

घाइतेमध्ये धार्चे गाउँपालिका–३ का आशमान गुरुङलाई उद्धार गरी उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र पठाएको र  तीन जना घाइतेको माछाखोलाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको  दाहालले बताए ।

ट्रक माछाखाेला नपुग्दै सडकबाट झण्डै १०० मिटर तल झरेकाे प्रहरीकाे भनाइ छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker