गलकोटमा जीवनशैली परिवर्तन तथा योग प्रशिक्षण ।

थम्मन थापा
मंसिर १३ बागलुङ
सामान्य अर्थमा भन्नुपर्दा योग भन्नाले विभिन्न आसन, प्राणायाम, ध्यान र साधनाद्वारा मन, आत्मा र शरीरलाई जोड्नु हो। यसलाई शरीर, मन र आत्माको एकता पनि भनिन्छ । जसरी समाजको विकास हुँदै आयो, त्यस सँगसँगै समाजमा बढ्दै गइरहेको तनाव, चिन्ता र प्रतिष्पर्धामा योगको कारणले धेरै लाभ पुगेको पाइन्छ। पछिल्लो समयमा धेरै मानिसहरुले आफ्नो चौतर्फी विकासको लागि योग अभ्यासलाई दैनिकी बनाइरहेका छन ।
गलकोट नगरपालिका ७ मल्ममा दुई दिन सम्म जीवनशैली परिवर्तन तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणबाट वडाबासी नागरिक लाभान्वित भएका छन ।  ‘अपनाऔँ आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौँ स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ भन्ने आदर्श वाक्य सहित आईतबार र सोमबार सञ्चालित प्रशिक्षणमा एक सय बढी स्थानिय सहभागी भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष टिका बहादुर थापाले जानकारी दिनुभयो ।
सामाजिक संस्था घुम्टे युवा परिवार सँगको सहकार्यमा धौलागिरी आयुर्वेद औषधालय बागलुङले आयोजना गरेको प्रशिक्षणमा औषधालयका आयुर्वेद चिकित्सक एवं योग प्रशिक्षक सरोज कुमार रायले योग र ध्यानका बारेमा प्रशिक्षित गर्नुभएको थियो । उहाँले योगका विभिन्न आसनको अभ्यास र विधि सिकाउनुभएको थियो ।
सो अवसरमा चिकित्सक रायले शारीरिक र मानसिक दृष्टिबाट मानिस स्वस्थ रहन योग विज्ञान फलदायी रहेको बताउनुभयो । मन, आत्मा र शरीरलाई योग, ध्यान र साधनाका माध्यमबाट जोड्न सके मात्र मानव जीवन स्वस्थ, खुसी र आनन्दमयी बन्ने उहाँको भनाइ थियो । प्रशिक्षणमा सहभागी ज्येष्ठ नागरिक कुल बहादुर थापाले योग सिक्न पाउँदा खुसी लागेको प्रतिकृया दिनुभयो ।
ज्येष्ठ नागरिक र ६ महिना सम्मका सुत्केरी आमाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको थियो । यद्यपी अन्य उमेर समुहका व्यक्तिको पनि प्रशिक्षण कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा नसर्ने रोगहरु, उक्त रक्तचाप, मधुमेह, बाथ रोगको चेकजाँच गरि रोग अनुसार रोग प्रतिरोधात्मक क्षमता अभिवृद्वि गर्ने आयुर्वेदिक औषधी ७२ पुरुष र ३९ महिलालाई निशुल्क रुपमा वितरण गरिएको थियो ।
पछिल्लो समय खानपान, तनाव, चिन्ता इत्यादी कारणले मानिसमा शारीरिक तथा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले जीवनशैली परिवर्तन तथा योग प्रशिक्षण राखिएको घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा ‘सन्देश’ले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षण शिविरका लागि संस्थाका पूर्व उपाध्यक्ष एवं नेपाल भलिबल संघ जापानका सदस्य युवा समाजसेवी तुलवीर थापाले आर्थिक सहयोग गर्नुभएको हो ।
योग सँगै आयुर्वेद चिकित्साको महत्वबारे सर्वसाधारणलाई बुझाउन प्रशिक्षणलाई अभियानकै रुपमा जिल्लाभर सञ्चालन गर्ने योजना रहेको औषधलाय व्यवस्थापन समितिका सदस्य ललिता थापाले बताउनुभयो । उक्त कार्यक्रमको लागि वडा कार्यालयले स्थानीय रुपमा समन्वय गरेको थियो ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.