प्रतिगमनकारीको मतियार ओली आफनै घमण्डले अहिले बगरमा पुगे: नेता गैरे

थमन थापा /बागलुङ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य तथा ज्ञामनाथ गैरे अनिलले प्रतिगमनका मतियार केपी शर्मा ओली आफनै अहंकार, घमण्ड र गुटगत राजनीतीले सगरमाथाको शिर देखि अहिले बगरमा पुगेको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै गैरेले माओवादीको संघर्षपुर्ण बलिदानले गर्दा नै देशमा गणतन्त्र, संघियता लागु भएको उल्लेख गरे । देशलाई निरङकुश तर्फ लैजाने ओलीको दुश्प्रयास, संविधानको चिरहरण र संसद बिघटनको कारण पार्टी एकतामा बिचलन आएको उनको भनाई छ ।
अहिले जनतामा एक खालको उत्साह पैदा भएको र माओवादी प्रति दिनहुँ जनलहर बढनुले माओवादी केन्द्र आगामी निर्वाचनमा भारी मतका साथ विजयी हाँसिल गर्ने उदघोष गरे उनले गलकोट नगरको विकास समृद्वि र सम्भावनाको निम्ती सबै एकजुट हुनुपर्ने बताए
मध्यपहाडी लोकमार्गको परिकल्पना नेकपा माओवादी केन्द्रले सरकारमा रहँदा गरेको थियो
आज जिल्लाका दुर्गम भुभाग समेत अहिले यहि कारण सुगम भएका छन अब बागलुङ देखि घोडाबाँधे सम्मको सडक खण्ड लामो समय देखि कालोपत्रे नहुँदा समस्या भएको र यथाशिघ्र सडक स्तरोन्नती र कालोपत्रेको लागि पहल गरिने उनको भनाई छ ।
गलकोट नगर वामपन्थी शक्तिको केन्द्र रहँदा रहँदै पनि कम्युनिष्ट घटकहरु एक हुन नसक्दा थोरै जनमत भएको काँग्रेसको हातमा सत्ता पुगेको भन्दै आगामी निर्वाचनमा वाम शक्ति एक भएर अगाडी बढनुको विकल्प नभएको उल्लेख गरे ।
सम्मेलनमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा गलकोट नगर इन्चार्ज फमलाल निउरे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा तत्कालिन संविधान सभा सदस्य पुर्ण बहादुर राना, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार याम बहादुर श्रीस, शेरबहादुर खड्का, नेकपा एमाले गलकोट नगर सचिव दान बहादुर श्रीस, नेपाली काँग्रेसका जिल्ला सदस्य झहर बहादुर खत्री, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य नेत्र बुढाथोकी, शहिद परिवारकी छम कुमारी बस्नेत, एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर अध्यक्ष चुडामणी शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
पार्टीको नगर समितीमा नयाँ नेतृत्व चयन गर्न बन्द सत्र मंसिर १२ गते बिहान ११ बजे देखि गलकोट नगरपालिका वडा नं ६ को मजुवामा सञ्चालन गर्ने अध्यक्ष ललित श्रीसले जानकारी दिए । नगर सम्मेलन नेकपा माओवादी केन्द्र गलकोट नगर सचिवालय सदस्य कौशिला घर्तीको स्वागत र पार्टीका जिल्ला सदस्य खडक बहादुर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा पार्टीलार्ई महत्वपुर्ण भुमिका सहित योगदान गर्ने जेष्ठ नागरिक, सहिद परिवार, बेपत्ता, घाइते र केन्द्रिय सल्लाहकार लाई सम्मान गरिएको थियो । सम्मेलनमा बहुचर्चित लोकगायक विष्णु खत्रीले  जनवादी गीत मार्फत दर्शकलाई छमछमी नचाएका थिए भनें रक्तिम कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
Facebook Comments Box
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाँदै

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा अोली पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाने हुनुभएकाे छ । पछिल्लाे पटक असार ३० गते प्रधानमन्त्री

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

नेपालवार इकाइ तनहुँद्वारा तनहुँ जिल्ल अदालतमा अनिश्चित कालीन धर्ना

शंकरराज नहर्की। तनहुँ १७ भदौ २०८१ सोमवार । नेपालबार इकाई दमौली ,तनहुँले तनहुँ जिल्ला अदालतमा आजबाट अनिश्चितकालीन धर्ना सुरु गरेको छ।इकाईले तनहुँ जिल्ला अदालतको मुख्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दिपुरमा आयोजित तीज सप्ताहन्न उत्सवको महानायक हमालद्वारा उद्घाटन

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा शनिबारबाट आयोजित तीज सप्ताहन्न उत्सव–२०८१ को महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार रासीको साताव्यापी तीज गीत

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.