धर्ममय जीवन शैली र सामाजिकमय व्यवस्था हाम्रा सुन्दर पक्ष हुन: थापा

थम्मन थापा बागलुङ
गलकोट नगरपालिका वडा नं ७ मल्म सिद्वथानमा नवनिर्मित घुम्टे सिद्व बालभैरव मन्दिरको आज उदघाटन गरिएको छ । मन्दिरको विशिष्ट सहयोगदाता समाजसेवी भुपेन्द्र बहादुर थापाले दिप प्रज्वलन गरि रिबन काटेर उदघाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सहयोगदाता थापाले नेपाल र नेपालीको सुन्दरता भनेको धर्ममय जीवनशैली र संस्कृतिमय सामाजिक व्यवस्था भएको बताउनु भएको छ ।
थापाले सहिष्णुता धर्मकै पर्यायवाची शब्द हो, जहाँ“ धर्म छ त्यहाँ“ सहिष्णुता हुन्छ । जहाँ धर्म छैन, त्यँहा असहिष्णुता हुन्छ, अराजकता र द्वन्द्व हुन्छ भन्दै धर्मले मानिसलाई सभ्य र अनुशासित हुन प्रेरित गर्ने बताउनु भयो । उहाँले धर्म भनेको सेवा, उदारता, प्रेम, सहिष्णुता, शान्ति, सहअस्तित्व, अहिंसा, सदाचार आदि भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, सिद्वेश्वर शिवालय सेवा समिती मल्मका अध्यक्ष ज्ञान बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नगद रु १० लाख ८३ हजार को लागतमा निर्मित उक्त मन्दिर निर्माण गर्न देश विदेशबाट स्थानियले आर्थिक सहयोग गरेका थिए । मन्दिरमा आजै विधिवत घुम्टे सिद्व बालभैरवको पूजा अर्चना समेत गरिएको घुम्टे सिद्व बालभैरव मन्दिर व्यवस्थापन समितीका अध्यक्ष दल बहादुर थापा (क) ले जानकारी दिनुभयो ।
प्रसिद्व घुम्टे पहाडको फेंदीमा अवस्थित मल्म सिद्वथानमा परापूर्वकाल देखि स्थानियले आफनो मनोकामना पुरा हुने धार्मिक जनविश्वासका साथ घुम्टे सिद्व बालभैरवको पूजा अर्चना गर्दै आएका छन । विशेष गरि परम्परागत रुपमा वर्षको २ पटक फाँटमा अन्नबाली लगाउँदा र पाकेर भित्राउने बेलामा उक्त स्थानमा गाउँलेले सामुहिक पुजा गर्दै आईरहेका छन ।
आजै नवनिर्मित सत्तलको समेत उदघाटन गरिएको छ । सत्तलको विशिष्ट सहयोगदाता समाजसेवी लाल बहादुर थापाले उदघाटन गर्नुभएको छ । उक्त मन्दिर मल्म पाण्डवखानी रणसिंहकिटेनी सडक खण्डको आडैमा अवस्थित छ । मन्दिर उदघाटन कार्यक्रममा घुम्टे प्रगति कृषक समुह मल्मले भजनकृतन सहित मन्दिर परिक्रमा गरेका थिए । कार्यक्रम घुम्टे सिद्व बालभैरव मन्दिर व्यवस्थापन समितीका सचिव दल बहादुर थापा (ख) को सञ्चालनमा सम्पन्न भएको थियो ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.